हेल्थ टुडे,
काठमाडौं, २० चैत : वरिष्ठ सर्जिकल अंकोलोजिस्ट डा.प्रकाशराज न्यौपानेको निधन भएको छ । क्यान्सर रोगबाट पीडित डा.न्यौपानेको आज बिहान पाटल अस्पतालमा निधन भएको उपचारमा संलग्न मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीले जानकारी दिए । डा.शाहीका अनुसार ६४ वर्षीय डा. न्यौपाने विगत एक वर्षदेखि पित्त बग्ने नलीमा हुने एक प्रकारको क्यान्सर ‘कोलान्जिओ कार्सिनोमा’बाट पीडित थिए । करिब एक महिनादेखि उनी अस्पतालमा भर्ना भई उपचाररत थिए । उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो ।डा.न्यौपानेले पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मिर्गौला र छालाको क्यान्सरको शल्यक्रियामा विशेषज्ञता हासिल गरेका थिए ।उनले भक्तपुर क्यान्सर अस्पतालको पूर्वमेडिकल डाइरेक्टर र भतरपुरकै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पूर्वअध्यक्ष जिम्मेवारी निर्वाह गरिसकेका थिए ।







Leave a Reply