डा. सुवास घिमिरे
मुख स्वास्थ्यका लागि दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ । तर ब्रस गर्दैमा मुख स्वस्थ्य भइन्छ भन्ने होइन । हामीले ब्रस गर्नुपर्छ भन्ने जानकारी दिएका छौं तर नगर्दा के हुन्छ भन्ने कुरा बुझाएका छैनौं । मुख स्वास्थ्यका विषयमा अझै धेरै बुझाउन र बुझ्न बाँकी छ । हामीले कस्तो खाना खान्छौ ? कति बेला खान्छौं ? कति मात्रामा खान्छौं ? भन्ने कुरा मुख स्वास्थ्यसँग जोडिएर आउँछ । हामी जुनसुकै खानेकुरा पनि मुखबाटै खान्छौं । शरीरलाई हानी गर्ने खानेकुरा खाएनौंभने मात्र हामी स्वस्थ्य हुन्छांै । मुखको स्वादको कारण चाहिनेभन्दा बढी खाना खादा अस्वस्थ भइन्छ ।
पेटसम्बन्धी अधिकांश रोगको कारण मुख हो । हामी चिकित्सककहाँ जाँच गराउन गयांै भने आँ गर्नु त भन्छन् । जिब्रो हेर्छन् । मुखका कारण हामी रोगी बन्छांै। झाडापखालाजस्ता रोगको कारण मुख स्वास्थ्य हो । रेगुलेटरी बडी मुख स्वास्थ हो । सरकारले झाडापखालाजस्ता रोगको उपचार निःशुल्क गरेको छ । तर यी सबै मुख स्वास्थका कारण भइरहेको छ भन्ने बिर्सेको छ । अरू रोगमा अनुदान दिएजस्तै मुख स्वास्थमा महत्व दिन सकियो भने अहिलेका ७० प्रतिशत रोग निको हुन्छ । स्वास्थ्यका विषयमा चेतना दिनु प¥यो । धनी देशमा मुख स्वास्थ्यमा महत्व दिइन्छ । हाम्रै नेपाली विदेशबाट उपचार गर्न आउँदैनन् । विकासशील देशमा नसर्ने रोग बढ्दैछन् । धनीमा घट्दै छन् । किनकि उनीहरू मुख स्वास्थ्यलाई बढी महत्व दिन्छन् । विदेशी मुख केयरमा ध्यान दिन्छन् । नेपालीको मुख स्वास्थ्यलाई केयर गर्दैन । के फरक पर्छ र भन्ने छ । हाम्रा मान्छे ६० वर्षमा मेरो छोराले गर्छ भन्छ । दाँत स्वास्थ्य ख्याल गर्ने मान्छेको आयु बढ्छ । पेटसम्बन्धी रोग लाग्दैन । आत्मबल हुन्छ । चपाएर खान सक्छ । बुढ्यौलीपन घट्छ । युवा देखिन्छ । जीवन सहज हुन्छ । एक मान्छे स्वस्थ्य हुन ५० प्रतिशत.साइकोलोजिकल हुन्छ । डाक्टरले बोल्दा राम्रो हुन्छ । विचारमा पनि भर पर्छ ।
मुख स्वास्थ्य र खानेकुरामा मात्र ध्यान दिने हो भने ४० प्रतिशत निको हुन्छ । १० प्रतिशत मात्र डाक्टरलाई देखाउनुपर्छ । मुख स्वास्थ्यको महत्व नजानेर, नबुझेर हामी अन्तिममा उपचारमा जान्छांै । मुख स्वास्थ्यलाई ध्यानमा राख्ने हो भने आउटपुट पनि दिन सक्छ । १० वर्षपहिले सीमित मान्छेको पहुँचभित्र मात्र दाँतको उपचार थियो । उपचार गर्ने क्रम बढेको छ । तर मुख स्वास्थ्यको अवस्था भयावह छ । ९० प्रतिशतमा छ । पहिले सहरमा बढी थियो गाउँमा कम थियो । अहिले उल्टा छ । विदेश गए चक्लेट, जड फुड खान सिके । तर कियर गर्न सिकेनन् । सहरमा अलि उपचार गराउनुपर्ने अवस्था छ । पहिलेभन्दा चेतना बढेको पक्कै छ । डेन्टल क्लिनिक बढी खुलेका छन् । यो सकारात्मक हो । सबैले उपचार पाउनुपर्छ । सबैभन्दा बढी रक्सी खाने, चुरोट खाने, जंक फुड खाने, चाउचाउ गाउँमै बिक्री हुन्छ । प्राकृतिक वस्तु, खाद्यान्न हराउने क्रममा छन् । गुलियो खाने, जंक फुड खाने, दाँत नमाझ्ने, स्वादका लागि मसालदार खानेकुरा खाने, पानी कम पिउने, धूमपान मद्यपान सेवन गर्ने कारणले दाँत बिग्रन्छ ।
सरकारले नीतिगत रूपमा शिक्षा क्षेत्रमा, स्वास्थ्यमा फोकस गर्न आवश्यक छ । भारतमा मेडिकल टुरिजमको सुरुवात गरेको छ । डेन्टल टुरिजमका लागि वातावरण बनाउन सकिन्छ । यहाँ त प्राकृतिक वातावरण छ । एकदमै सस्तो छ । अन्तर्राष्ट्रिय स्तरको डेन्टल हस्पिटल खोल्नुपर्छ । पर्यटकले यहाँ मज्जाले उपचार गराउन सकोस् । यसमा लगानी गर्नेलाई सरकारले सहुलियत ऋण दिनुपर्छ । हामीसँग दक्ष जनशक्तिदेखि सम्भावना सबै छ । यो सेवा व्यवस्थित हुनुपर्छ । दन्त सहायकले सीएमएले अस्पताल पठाएजस्तै डाक्टरसम्म पठाउनुपर्छ । दाँत स्वास्थ्य त प्राथमिकतामा नै छैन । सरकारको डेन्टल हस्पिटल नै छैन । उपचारका क्रममा डाक्टरमात्र इमानदार भएर भएन बिरामी र आफन्त पनि इमानदार हुनुपर्छ ।
(डा. घिमिरे ओम समाज डेन्टल हस्पिटल, चाबहिलका कार्यकारी निर्देशक हुन । )
Leave a Reply