• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वैद्यखानाको च्यवनप्राश उत्पादन ठप्प

December 25th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वैद्यखानाको च्यवनप्राश उत्पादन ठप्प

हेल्थ टुडे,

काठमाडौँ, १० पुस :  सिंहदरबार वैद्यखाना र ठेकेदार कम्पनी कृष्णा ट्रेडर्सबीचको विवादका कारण च्यवनप्राश उत्पादनमा ढिलाइ भएको पाइएको छ । बजारमा च्यवनप्राशको माग हाल उच्च छ ।

ठेकेदारले वैद्यखानाले दिएको कार्यादेशअनुसार समयमा कच्चा पदार्थ उपलब्ध गराए पनि पूरै भुक्तानी नदिएको, आयकर कट्टीको विवरण हालसम्म पनि उपलब्ध नगराएको, सम्झौताअनुसार बुझाउन बाँकी कच्चा पदार्थ ल्याउन थप कार्यादेश प्राप्त नभएकाले समयमा जडीबुटी पु¥याउन नसकेको दाबी गरिरहेको छ ।

वैद्यखानाका कर्मचारीले भने ठेकेदारसँग भएको सम्झौता नै कार्यादेश भएकाले सम्झौताअनुसार उपलब्ध गराउन बाँकी जडीबुटी ल्याउन पटकपटक थप कार्यादेश दिइरहनु नपर्ने, कार्यालयमा उपस्थित हुन पत्रमार्फत तीन महिनादेखि पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले समस्या निम्तिएको आरोप लगाएका छन् । आठ हजार केजी अमला बुझाउनुपर्नेमा कार्यादेशअनुसार ५ हजार ५ सय ६० केजी बुझाइसकेको कृष्णा ट्रेड्स सञ्चालक जयकृष्ण मिश्राले दाबी गरे । ‘बाँकी २ हजार ४ सय ४० केजी कार्यादेशबिना ल्याउँदा कर्मचारीले अहिले आवश्यक नपरेको र कुहिएर खेर जाने भन्दै कार्यालय गेटबाट फर्काए,’ उनले भने, ‘त्यसयता कार्यादेशबिना कच्चा पदार्थ नझारेका हौं ।’ पहिलो लटमा झारेका सामानको कमिसन कर्मचारीलाई नदिएकाले अनावश्यक बखेडा निकालिएको उनको आरोप छ ।

वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले भने ठेकेदारको आरोप झुटो रहेको दाबी गरे । ‘कार्यालयका कर्मचारीले ठेकेदारसँग कमिसन मागेको प्रमाणसहित आए तत्काल कारबाही गर्छौं,’ उनले भने, ‘असोजदेखि ताकेता गर्दा पनि विभिन्न बहाना बनाएर ठेकेदार सम्पर्कमा आएको छैन ।’

कच्चा पदार्थ समयमा झार्न नसक्नुको कारणबारे छानबिन थालिएको सिंहदरबार वैद्यखाना विकास समिति अध्यक्ष बाबुराजा अमात्यले बताए । ‘कमिसनका कारण सामान रोकिएको देखिए त्यसमा संलग्न कर्मचारीलाई कारबाहीको दायरमा ल्याइनेछ,’ उनले भने, ‘च्यवनप्राश केही दिनमै बजारमा पु¥याउने योजना छ ।’ गत माघमा वैद्यखाना र ट्रेडर्सबीच भएको सम्झौताअनुसार ठेकेदारले अमला भ्याटसहित प्रतिकिलो ३७.५० रुपैयाँका दरले ८ हजार केजी, हड्चुर प्रतिकिलो १ सय ६१ का दरले ७ सय केजी, सर्बिटोल १ सय १२ का दरले एक हजार किलो, मह ३ सय ५६ रुपैयाँका दरले ३ सय ७० किलो, ३ सय ३७ रुपैयाँका दरले २० किलो शालप्रर्णी, यार्चागुम्बु, काश्मीरी केशरजस्ता २६ थरीका जडीबुटी २० लाख बराबरको ११ हजार २ सय १८ किलो बुझाउनुपर्छ । ठेकेदारले पहिलो लटमा ७ हजार ४ सय १८ किलो कच्चा पदार्थ बुझाइसकेको छ । ठेकेदारले ७ सय किलो हड्चुर, एक सय किलो सर्बिटोल र अमला नबुझाएको वैद्यखानाका स्टोर किपर अर्जुन साहले जानकारी दिए ।

वैद्यखानाका उत्पादनमध्ये सबभन्दा प्रख्यात शिलाजित पनि हो । पाचनशक्ति बढाउन, उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, मस्तिष्क चुस्तदुरुस्त, रोग प्रतिरोधात्मक क्षमता बढाउनलगायत उपयोगका लागि शिलाजित सेवन गर्ने गरिएको छ । बजारमा यसको माग उच्च भए पनि उत्पादन भने ठप्प छ । च्यवनप्राश समयमा उत्पादन नगर्नुको कारणबारे वैद्यखानाका प्रबन्ध निर्देशकलाई सोधपुछ गरिसकिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता जागेश्वर गौत

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सामग्री खरिदमा मुछिएका ढकाल स्वास्थ्य मन्त्रीबाट हटाइए, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीलाई
Next article स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे बुझ्न लेखाले  स्वास्थ्यमन्त्री ढकाललाई बोलायो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web