• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रोस्टेट क्यान्सर प्रभावितसँग अन्तरक्रिया

September 7th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रोस्टेट क्यान्सर प्रभावितसँग अन्तरक्रिया

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले बुधबार प्रोस्टेट, मुत्रथैली र मिर्गौला क्यान्सर लागेर उपचार पछि बाच्न सफल व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ललितपुरको हरिसिद्विमा रहेको अस्पतालमा भएको विशेष कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, अस्पतालका अध्यक्ष समेत रहेका क्यान्सरोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ, युरो अन्कोलजिस्ट डा. रोबिन जोशीकासहित अस्पतालका क्यान्सर विज्ञ चिकित्सकहरु र दर्जनौ प्रोस्टेट, मुत्रथैली र मिर्गौला क्यान्सर प्रभावितहरुले आफ्ना अनुभव र यसबाट बच्न अपनाउनु पर्ने उपायका बिषयमा अन्तरक्रिया गरेका थिए ।

क्यान्सर भएपछि जीवन नै समाप्त भइसक्यो भनेर हतोत्साहित हुनु भन्दा सही चिकित्सक र अस्पतालमा गएर उपचार गराए निको हुन्छ भन्ने चेतना बिस्तार गर्न कार्यक्रम आयोजना गरिएको डा. श्रेष्ठले बताए । उपचार पछि निको भएका प्रभावितहरुले आफूलाई लागेको रोग र उपचार पछि आफू निको भएको सूचना अन्य विरामीलाई नदिने प्रवृतिका कारण यो रोग लाग्ने वित्तिक्कै आत्तिने र यही हुने उपचारका लागि महंगो खर्चमा विदेश जाने गरेको यर्थातता रहेकोले यसलाई हटाउन पर्नेमा उनले दिए । प्रोस्टेट प्रभावित पाल्पाका हरि पुलामीले समयमै उपचार गराउन सके प्रोस्टेट क्यान्सरबाट बाच्न सकिने अनुभव सुनाए । उनले यस सम्बन्धि जनचेतना बिस्तारमा आफू खुलेर लाग्ने बताए ।  युरो अन्कोलजिस्ट डा. रोबिन जोशीका अनुसार यसको खराब पक्ष भनेको के हो भने कतिपय मानिसमा यो रोगको लक्षण नै देखा पर्दैन । तर अधिकांश रोगीमा भने सुरुमै यसका लक्षण देखिन्छन् ।

पिसाब फेर्न गाह्रो हुने,बिस्तारै पिसाब आउने, रोकिई रोकिई पिसाब आउने तथा बारम्बार पिसाब आईरहने यस रोगका लक्षण हुन् । त्यसै गरी प्रोस्टेट क्यान्सर लागेपछि राती बढी पिसाब आउने र पिसाबमा रगत देखिने समस्या समेत देखा पर्न थाल्ने डा. जोशी बताउछन । नेपालमा प्रायः प्रोस्टेट, मूत्र थैली र मिर्गौलाको क्यान्सर अन्तिम अवस्थामा पुगेपछि मात्रै जचाउँने गरेको पाइन्छ । यसले यस्ता रोगीहरू मृत्युको उच्च जोखिममा रहेको डा. जोशीको दाबी छ ।

उनका अनुसार प्रोस्टेट क्यान्सरको उपचार गर्दा सबैभन्दा पहिले प्रोस्टेट स्पेसिफिक एन्टिजीन (पिएसए) परीक्षण गरी प्रोस्टेट भए नभएको पत्ता लगाइन्छ । पिएसए  परीक्षणबाट प्रोस्टेट सुन्निएको, बढेको वा केही गडबडी भएको थाहा लाग्दछ ।

सामान्यतया ४५ वर्ष उमेर पुगेपछि प्रोस्टेटमा समस्या देखिन थाल्छ । त्यसमा पनि महिलामा भन्दा पुरुषमा यो समस्या बढी हुने गरेको छ । तसर्थ ४५ वर्षमाथिका सबै पुरुषले प्रोस्टेट, मूत्र थैली तथा मिर्गौला परीक्षण गर्नु अनिवार्य छ ।

सेप्टेम्बर महिलालाई प्रोस्टेट क्यान्सर जनचेतना महिनाको रुपमा मनाइन्छ । यस अवसरमा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरले निःशुल्क ओपिडी सेवा सेञ्चालन गरेको छ । मेरिट बेसका आधारमा पहिले नाम दर्ता गराउने चालिस जना बिरामीलाई निःशुल्क पिएसए सेवा उपलब्ध गराउने र उपचारमा पनि ५० प्रतिशत छुट उपलब्ध गराउने अस्पतालले जानएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नयाँ वसपार्कमा खुल्यो छाला तथा यौनरोग उपचार केन्द्र
Next article सुपर स्पेसियालिटी विस्तार गर्न विपि प्रतिष्ठान र एम्सबीच सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133166
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web