• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको दुई दिने तालिम एचओटिसीमा सम्पन्न

June 26th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको दुई दिने तालिम एचओटिसीमा सम्पन्न

हेल्थ टुडे,
काठमाडौं, १२ असार: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजना र मोहन फाउण्डेशन, भारतको प्राविधिक सहयोगमा ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको दुई दिने तालिम भक्तपुरमा सम्पन्न भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा असार १० र ११ गते सम्पन्न प्रथम राष्ट्रिय तालिमको नारा अंगदान र प्रत्यारोपणमा ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको भूमिका बढाऔ भन्ने थियो । तालिममा उपत्यकाका विभिन्न २१ अस्पतालका ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको सहभागिता रहेको थियो ।
तालिमको मुख्य प्रशिक्षकरुपमा आएका मोहन फाउण्डेसन भारतका श्रीमति पल्लभी कुमार र डा.मोनित कौर साहीले दुई दिनसम्म विभिन्न प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षण दिएका थिए । मस्तिष्क मृत्यु पश्चात अंगदान कार्यक्रम सफल बनाउनको लागि धैर्यता र निरन्तरताको आवश्यक पर्ने कुरामा उनीहरुको विशेष जोड थियो ।
तालिममा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, उपेन्द्र देवकोटा न्युरो अस्पताल, स्वास्थ्य अभियान नेपाल, नेपाल कोरियामैत्री अस्पताल, काठमाण्डौ मेडिकल कलेज, मध्यपुर अस्पताल, नेपाल मेडिसिटि अस्पताल, किष्ट अस्पताल, नेपाल मेडिकल कलेज, अन्नपुर्ण न्युरो अस्पताल, व्लुक्रस अस्पताल, ग्राण्डी इन्टरनेसनल अस्पताल, ग्रिन सिटी अस्पताल, वि एण्ड वि अस्पताल, अल्का अस्पताल लगायतको सहभागीता रहेको थियो ।
तालिम समापन समारोहका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव हरीप्रसाद मैनालीले तालिममा प्राप्त सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । मैनालीले तालिम प्राप्त जनशक्तिले विरामीको सेवा र मस्तिष्क मृत्युपश्चात हुने अंगदानमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास गरेको बताउदै प्र्रत्यारोपण केन्द्रले गरेका काममा मन्त्रालयको तर्फवाट सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा पुकार चन्द्र श्रेष्ठले जनचेतनाको अभिवृद्धि सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउदै मस्तिष्क मृत्य पश्चात हने अंगदान र प्रत्यारोपणले व्यापकता पाओस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउदै चिकित्सक, नर्स, तथा अन्य स्वास्थ्यकर्मी, राजनितिज्ञ, पत्रकार, कानून व्यवसायी, समाजसेवी तथा कलाकार सबैले नै यो विषयमा जानकार रह्ेमात्र अभियानले सफलता पाउने बताए । आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंग दान दिनुभयो भने १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने बताउदै डा. श्रेष्ठले यसका लागि सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपुर्ण भएकोमा जोड दिए ।

हामी सबैले आआफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै नेपालमा पनि ८० प्रतिशत मस्तिष्क मृत्यूबाट प्रत्यारोपण सम्भव हुन सक्दछ । अंग नपाएर प्रत्यारोपणबाट बञ्चित भै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने कुरामा डा. श्रेष्ठको जोड थियो ।
अंगदान र प्रत्यारोपण कार्यक्रमलाई विस्तार गर्नको लागि समन्वय इकाईले प्रत्येक सोमवार अंग प्रत्यारोपण र अंगदान हुन सक्ने अस्पतालमा जनचेतना अभिवृद्धी गर्नका लागि परार्मसको लागि जाने गरेको र आवश्यकता अनुसार सहयोग र सहकार्यका लागि तत्पर रहेको कुरा प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट तथा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण समितिका अध्यक्ष डा कल्पना श्रेष्ठले बताइन । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको अंग प्रत्यारोपण समन्वय इकाईले मस्तिष्क मृत्युवाट हुने अंगदान र प्रत्यारोपण सम्बन्धी कार्यमा समन्वयकारी भुमिका खेल्ने गरेको छ ।
व्लुक्रस अस्पतालका निर्देशक डा. प्रज्जवल श्रेष्ठले विरामीको परिवारमा अंगदान सम्बन्धी जनचेतनाको अभावले अंगदान गर्न नचाहने, बुझाई सके पछि पनि आर्थिक माग गर्ने गरेको र अस्पतालले कानुनी समस्या आउन सक्ने कारण देखाई मस्तिष्क मुत्युको वारेमा विरामीलाई बुझाउन नखोज्ने र समन्वय इकाईमा जानकारी नदिने गरेको हुँदा जनचेतनलाई प्रभावकारी बनाउनु पर्ने र आफु स्वयम र आफ्नो अस्पतालले यस कार्यमा सहयोग गर्ने बताए ।
सहभागिहरुको तर्फवाट ग्राण्डी अस्पतालकी कोर्डिनेटर पुनम शाक्यले यस तालिमले आँफ्नो क्षमतामा अभिबृद्धी भएको र आगामी दिनमा अझ सक्रिय रहने बताइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रीद्वारा औषधि तथा फार्मेसीको गुणस्तर सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन
Next article सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानेलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134365
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web