हेल्थ टुडे,
काठमाण्डौ,४ मंसिर : नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा १५ देखि १९ वर्षका १७ प्रतिशत महिलाहरु किशाोरावस्थामै आमा भईसकेका हुन्छन । शहर भन्दा ग्रामीण क्षेत्रमा किशोरी अवस्थाका महिलाहरु बढी गर्भवती हुने गरेका छन् । कमजोर आर्थिक स्तर र प्रजनन स्वास्थ्य शिक्षाको अभावको कारणले किशोरीहरु गर्भवती हुने गरेको सर्वेक्षणले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्षमा आमाहरुको मृत्यु हने सम्भावना दोब्बर हुन्छ । यससँग सम्बन्धित गर्भपात गैरकानूनी छ भने मृत्यु हुने दर अझ बढ्छ । यस्ता खाले गर्भको जटिलताका कारण विकासोन्मुख देशहरुमा मात्र बर्सेनि ७० हजार युवतीहरुको अकालमा मृत्यु भइरहेको छ । अपर्याप्त मात्रामा, ढिलो गरी, समस्या उत्पन्न भएपछि मात्र गर्भ जाँचका लागि आउने हुनाले गुणस्तरीय मातृ सेवा पुग्दैन । पुठ्ठाको हड्डी अविकसित हुने, प्रशव व्यथा कष्टपूर्ण हुन सक्ने कारणले सिजेरियन अपरेसनको सम्भावना बढी हुन्छ । यसले गर्दा कम्पन छुट्ने समस्या, पिसाब चुहिने समस्या, उच्च शिशु मृत्युदर तथा मातृ मृत्युदर पनि बढ्छ ।
टिनएजर आमाले उनका बच्चालाई स्पर्श, मुस्कान, तोतेबोलीका माध्यमबाट संवेगात्मक विकासमा जोड दिन सक्दैनन् र बच्चा प्रतिको दायित्व, संवेदनशीलता, अपनत्व देखाउन सक्दैनन् । बच्चाप्रति बढ्ता रिस पोख्ने, पिट्ने, सताउने, दुःख दिने गर्छन् । बच्चामा पर्ने असरमा कालान्तरमा शिशुको मानसिक तथा सामाजिक विकास र वृद्धि विकासमा नकारात्मक असर पुग्छ ।
Leave a Reply