• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

९५ प्रतिशतलाई दाँत माझ्नै आउदैन

November 29th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
९५ प्रतिशतलाई दाँत माझ्नै आउदैन

डा. रीता सिह

धेरै मानिसको सास गन्हाउने समस्या हुन्छ । तर यो समस्या आफूलाई थाहा हुँदैन । नजिकका साथी वा परिवारका सदस्यले भनिदिएमात्र उसले आफ्नो समस्या थाहा पाउँछ । पेट खराब भएर वा खानपान नमिलेर सास गन्हाएको होला भनेर कतिपयले यसलाई वास्ता गरेको पाइँदैन । तर ९० प्रतिशत सास गन्हाउनुको प्रमुख कारण गिजा तथा दाँतमा समस्या भएर हो । धेरैजसो गिजामा समस्या देखिएपछि सास गन्हाउँछ । गिजा दाँतको पृष्ठभूमि हो । गिजा कमजोर भएपछि दाँत लामो समयसम्म मजबुद रहन सक्दैन । गिजाकै बलमा दाँत टिकेको हुन्छ । हरेक व्यक्तिको प्राकृतिक दाँत बलियो हुन्छ । त्यसमा मानिसको सुन्दरता लुकेको हुन्छ । त्यसैले सकभर प्राकृतिक दाँतलाई गुमाउनु हँुदैन । तर विविध कारणले गुमिहाले पनि धेरै चिन्ता लिनुपर्ने अवस्था छैन ।

अहिले कृत्रिम दाँत प्रत्यारोपण गर्न सकिने सुविधा स्वदेशमै छ । तर एउटा कुरा बुझ्नु जरुरी के छ भने कृत्रिम दाँत प्रत्यारोपण गर्नका लागि पनि गिजा स्वस्थ्य हुनु आवश्यक छ । त्यसैले हामीले मुख स्वास्थ्यका लागि दाँतमात्र सेतो बनाएर पुग्दैन । गिजा पनि स्वस्थ्य हुनुपर्छ भन्ने कुरा बुझ्नु जरुरी छ । विभिन्न कारणले गिजामा समस्या देखिन्छ । दाँत नमाझ्ने वा माझे पनि सही तरिकाले नमाझ्दा, जङफुड बढी खाने गर्दा, खाएपछि कुल्ला नगर्दा, धूमपान, मद्यपान गर्ने बानीलगायतका कारणले गिजाको समस्या बढी देखिने गरेको छ । गिजा हामी सीधै आँखाले देख्न सक्दैनौं । यो मुखभित्र हुन्छ । त्यसैले यसमा हुने समस्या पनि हामी थाहा पाउदैनौं । एकदमै दुखेपछि वा दाँतबाट रगत नै आउन थालेपछि हामी डेन्टिस्टकहाँ जान्छौं । गिजाको समस्या पहिलो स्टेजमा छ भने यसलाई बचाउन सकिन्छ तर अन्तिम स्टेजमा पुगिसकेर पिप नै आउन थालेको छ भने यसले ठूलो समस्या पैदा गर्छ । सास गन्हायो भने गिजामा समस्या छ भनेर बुझ्नुपर्छ ।

यसका साथै ब्रस गर्दा अलिअलि रगत आयो भने पनि गिजामा समस्या देखिन थाल्यो भनेर सम्झनुपर्छ ।  दाँतको बीचमा ग्याप बढ्न थाल्यो भने पनि हामी गिजामा केही समस्या छ कि भनेर सम्झनुपर्छ । गिजा हल्का रातो हुँदैछ भने पनि ख्याल गर्नुपर्छ । यसो गर्दा गिजा बचाउन पनि सकिन्छ । दाँत माझ्ने सही तरिका बच्चादेखि सबै सदस्यलाई सिकाउनु आवश्यक छ । कुन पेस्ट प्रयोग गर्छौं ? कस्तो ब्रस प्रयोग गर्छौं ? भन्दा पनि कसरी माझ्छांै त्यो महत्वपूर्ण कुरा हो । हाम्रो देशमा ९५ प्रतिशतले दाँत माझेको मिलेको हँुदैन । पछिल्ला दिनमा जङफुडका कारण धेरैको दाँत बिग्रिरहेका छन् । आमाहरूले बच्चाले ब्रस समात्न सिकेपछि दाँत माझ्न छोडिदिन्छन । तर त्यसो होइन । बच्चाबच्ची सात, आठ वर्षको नभएसम्म आमाले आफैं बच्चाको दाँत माझ्नमा सहयोग गरिदिनु पर्छ । दुख्ने समयमा मात्र उपचारका लागि बच्चा डेन्टिस्टका ल्याउँदा बच्चा डाक्टरकहाँ आउन डराउछन् । त्यसैले कम्तीमा पनि समयसमयमा दाँतको चेकअफका लागि ल्याइरहनु पर्छ । अर्को कुरा गर्भवती भएका बेला हर्मोनको कमीले दाँत र गिजामा समस्या आउँछ । त्यसैले गर्भवतीको योजना बनाउनुभन्दा पहिले नै दाँत र गिजा जाँच गराउनुपर्छ ।

सामान्यतया तीन महिनामा ब्रस चेन्ज गर्नुपर्छ । दिनमा दुई पटक दाँत माझ्नुपर्छ । गिजाको समस्या बढिसकेपछि त्यसको उपचार गाह्रो छ । गिजा भएन भने एकातिर प्राकृतिक दाँत रहँदैन भने अर्कोतिर कृति म दाँत राख्न पनि मिल्दैन । किनकि प्रत्यारोपण गर्ने ठाउँ नै स्वस्थ नभए चाहेर पनि नयाँ दाँत राख्न सकिँदैन । दाँत चम्काएरमात्र हुँदैन । पृष्ठभूमि वा जग स्वस्थ्य हुनु आवश्यक छ । जसरी जग नभएको घर जतिसुकै राम्रो बनाए पनि सानोतिनो हुरीबतासले समेत ढल्न सक्छ ठीक त्यसैगरी गिजा स्वस्थ्य नभएको  दाँत रहन सक्दैन । डा.सिंह नेप्लिज सोसाइटी अफ पेरिओडेन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजीकी अध्यक्ष हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी लाग्छ रगतसम्बन्धी रोग
Next article महिनावारीमा यौनसम्पर्क कति जायज ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132708
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web