• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

डाक्टरका नजरमा कस्ता यौनकर्मी सुरक्षित

December 18th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरका नजरमा कस्ता यौनकर्मी सुरक्षित

सन्ध्या केसी

हाम्रो देशमा यौन व्यवसायलाई राज्यले कानुनी मान्यता दिएको छैन । तर यसको अर्थ यो व्यवसाय छैन भन्ने होइन । यो व्यवसायले कानुनी मान्यता नपाएपछि दिनप्रतिदिन फस्टाइरहेको छ ।  यसमा सयौं होइन हजारौ युवायुवती संलग्न छन् । नेपालको यौन व्यवसायमा कतिको कारोबार हुन्छ त्यसको यकिन आँकडा त छैन तर यौन व्यवसायलाई नजिकबाट नियालिरहेका जानकारहरूका अनुसार यो व्यवसायमा करोडौंको कारोबार हुने गरेको छ । राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यो व्यवसाय व्याप्त छ । यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन । मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट)  र मोबाइलको सहायताले हुन थालेको छ । ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले काठमाडौंमा  २७ हजार यौनकर्मी महिला रहेको औंल्याएको छ । तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघको अनुमान छ ।

यौन व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् । पहिलो श्रेणीका यौनकर्मी जो महँगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर  उच्च ओहदाकै हुन्छ । ती यौनकर्मीको कमाइ महिनामा कम्तीमा डेढदेखि दुई लाख हुन्छ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् । ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरेमात्र उनीहरू व्यवसायमा जान्छन् ।  उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरू थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाखदेखि डेढ लाख आसपास हुन्छ ।तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् । उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । यसमा पनि यौनकर्मीको उमेर, सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले योभन्दा बढी पनि कमाउँछन् । चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् । उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् । उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हँुदैन ।  घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौन बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् । उमेर ढल्कँदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरैजसो प्रौढ यौनकर्मीमा डिप्रेसनको समस्या हुन्छ ।

पहिले बिन्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिँदै गएपछि उनीहरूको कमाइको स्रोत घट्दै जाने हुनाले उनीहरूलाई खर्चको जोहो गर्न मुस्किल पर्छ । कोहीकोही त  युवायुवतीको बिचौलिया बनेर राम्रै कमाइ पनि गर्छन् । राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ ।

बसपार्कलाई कार्यथलो बनाइरहेकी एक यौनकर्मीले भनिन्, यो समाजले सधैं हामीलाई नराम्रो दृष्टिले मात्र हेर्छ । हाम्रो विवशता कहिल्यै बुझ्ने प्रयाससम्म गर्दैन । उसले आफूले कमाएको सबै परिवारमा लगानी गरेको हुन्छ । उनका अनुसार यौनकर्मी महिलाले आफूले कमाएको पैसाले फजुल खर्च गर्दैनन् । सौन्दर्य प्रशाधनका समान किन्नु परे ग्राहकबाट किन्न लगाउँछन् । मीठो खान मन लागे उसैबाट किन्न लगाउँछन् । आफूले कमाएको पैसा फजुल खर्च गर्ने एकदमै कम हुन्छन् । कसैकसैले यसै व्यवसायबाट काठमाडौंमा घर र गाडी पनि जोडेको उनी सुनाउँछिन् । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ । पढेलेखेकाले त अहिले ग्राहकसँग विदेशबाट गिफ्टसमेत मगाउँछन् । धेरैजसो यौनकर्मीले बालबच्चालाई आफ्नो पेसा लुकाउँछन् । उनीहरूलाई राम्रो स्कुल, कलेज पढाइरहेका छन् ।

आफ्ना अनुहार उनीहरूमा देखिरहेका हुन्छन् । तर बुढेसकालमा कसैगरी त्यो कुरा छोराछोरीले थाहा पाएपछि उनीहरूले त्यो विवशता बुझ्दैनन् । सीधै हेलाँ गर्छन् । दुई दर्जनभन्दा बढी जिल्लामा सञ्जाल भएको जागृति महिला महासंघकी कार्यक्रम अधिकृत शान्ति तिवारी यौनकर्मीलाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन आउन नसकेकाले उनीहरूले नागरिकको हैसियतले पाउनुपर्ने शिक्षा, स्वास्थ्यको अधिकारबाट समेत बञ्चित भइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘उनीहरू पनि  नागरिक हो । उसलाई पनि शिक्षा, स्वास्थ्यको अधिकार छ तर यी सबै सजिलै पाउने अवस्था छैन ।’ स्वास्थ्यका दृष्टिले ग्राहक फेर्दै नहिने यौन व्यवसायी सुरक्षित छन् । एचआईभी, एड्स लगायत यौन संक्रमणको सिकार उनीहरु कम हुने गरिएको पाइएको छ । एचआईभी नियन्त्रण केन्द्रका पूर्व निर्देशक डा. तरुण पौडेल एचआईभीको जोखिममा नपढेका र विपन्न अवस्थाका कारण यो पेसामा लागेमा महिला यौन व्यवसायी बढी असुरक्षित रहेको बताउछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन व्यवसायमा प्रहरीको कडा कदम
Next article खुट्टा निदाए यसो गर्नुस

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134186
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web