• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देशभरिकै स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुदै

December 24th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देशभरिकै स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुदै

हेल्थ टुडे

काठमाडौं, ९ पुष :  सरकारले जिल्ला अस्पताल सहित प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्र स्थानिय सरकारको मातहतमा रहने गरि औषधि खरिदको जिम्मा पनि स्थानिय निकायलाई नै सुम्पिएपछि अहिले देश भरिकै अधिकांश स्वास्थ्य संस्थाहरुमा औषधि अभाव देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयले केन्द्रबाट ७० प्रतिसत औषधि खरिद गरेर पठाउने गरेकोमा स्थानिय सरकार बनेपछि त्यो अधिकार नगरपालिका र गाउपालिकालाई दिएपछि यो समस्या देखिएको हो ।

औषधि जस्तो संवेदनसिल बिषयमा निर्वाचित जनप्रतिनिधिहरुले बेलैमा ध्यान दिन नसक्दा औषधि अभावको समस्या देखिन थालेको सरोकारवालाले बताएका छन् । यसका साथै स्वास्थ्य मन्त्रालय, पुनर्जागरण महासाखाले किनेर पठाउनु पर्ने निशुल्क औषधि समेत समयमै पठाउन नसक्दा निशुल्क औषधि समेत अधिकांश जिल्लाका स्वास्थ्य केन्द्रमा पाउन छाडेको छ । पुनर्जागरण महासाखाका निर्देशक भोगेन्द्र डोटेल निशुल्क खरिद प्रकृया ढिलो भएको स्विकार्दै निशुल्क औषधि चाडै स्वास्थ्य केन्द्रमा पुग्न बताउछन् । जिल्लाका जिल्ला अस्पताल अहिले नगरपालिका मातहत राखिएको छ । अस्पतालको औषधि किन्ने काम अहिले नगरपालिकाको हो । तर नगरपालिकाले अस्पताललाई आवश्यक पर्ने बजेट बिनियोजन गर्न नसक्दा र समयमै संवेदनसिल नभइदिदा पनि अधिकांश जिल्लामा समस्या आएको छ  नगरपालिकाले। जिल्ला अस्पतालका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्न नसक्दा औषधिको अभावसँगै अन्य प्राविधिक कठिनाई पनि देखिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थी बताउछन् ।

‘ जिल्ला अस्पतालका लागि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको भन्दा कम बजेट राखेर कसरी अस्पताल चल्छ? डा. अवस्थीले प्रश्न गरे । जिल्ला अस्पतालमा टाढा टाढाका गम्भिर प्रकृतिका विरामी उपचारका लागि आउने तर नगरपालिकाले त्यसको महत्वलाई नबुझेर स्वास्थ्य केन्द्रको आकारको बजेट बिनियोजन गर्दा अहिलेको समस्या आएको उनको बुझाई छ । डा. अवस्थीले भने, ‘ जिल्ला अस्पतालहरुलाई सिधै केन्द्रले बजेट बिनियोजन गर्दा राम्रो हुन्छ । त्यो भन्दा तलका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्रको हकमा स्थानिय तहले आवश्यकता अनुसार व्यवस्था गर्नु पर्छ । ’ स्वास्थ्य संस्थाहरुको जिम्मेवारी पहिलो पटक स्थानिय सरकारलाई दिएकाले र नयाँ जनप्रतिनिधिलाई यसका बिषयमा राम्रो ज्ञान नभएकाले औषधि अभाव जस्ता समस्या देखा परेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिल प्याकुरेलले बताए । औषधिको अभाव जस्ता अहिले देखिन लागेका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय तयार रहेको डा. प्याकुरेलले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जानी राखौं किन चिलाउँछ योनी
Next article मोटोपनले जवानी गायव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web