• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देशभरिकै स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुदै

December 24th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देशभरिकै स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुदै

हेल्थ टुडे

काठमाडौं, ९ पुष :  सरकारले जिल्ला अस्पताल सहित प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्र स्थानिय सरकारको मातहतमा रहने गरि औषधि खरिदको जिम्मा पनि स्थानिय निकायलाई नै सुम्पिएपछि अहिले देश भरिकै अधिकांश स्वास्थ्य संस्थाहरुमा औषधि अभाव देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयले केन्द्रबाट ७० प्रतिसत औषधि खरिद गरेर पठाउने गरेकोमा स्थानिय सरकार बनेपछि त्यो अधिकार नगरपालिका र गाउपालिकालाई दिएपछि यो समस्या देखिएको हो ।

औषधि जस्तो संवेदनसिल बिषयमा निर्वाचित जनप्रतिनिधिहरुले बेलैमा ध्यान दिन नसक्दा औषधि अभावको समस्या देखिन थालेको सरोकारवालाले बताएका छन् । यसका साथै स्वास्थ्य मन्त्रालय, पुनर्जागरण महासाखाले किनेर पठाउनु पर्ने निशुल्क औषधि समेत समयमै पठाउन नसक्दा निशुल्क औषधि समेत अधिकांश जिल्लाका स्वास्थ्य केन्द्रमा पाउन छाडेको छ । पुनर्जागरण महासाखाका निर्देशक भोगेन्द्र डोटेल निशुल्क खरिद प्रकृया ढिलो भएको स्विकार्दै निशुल्क औषधि चाडै स्वास्थ्य केन्द्रमा पुग्न बताउछन् । जिल्लाका जिल्ला अस्पताल अहिले नगरपालिका मातहत राखिएको छ । अस्पतालको औषधि किन्ने काम अहिले नगरपालिकाको हो । तर नगरपालिकाले अस्पताललाई आवश्यक पर्ने बजेट बिनियोजन गर्न नसक्दा र समयमै संवेदनसिल नभइदिदा पनि अधिकांश जिल्लामा समस्या आएको छ  नगरपालिकाले। जिल्ला अस्पतालका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्न नसक्दा औषधिको अभावसँगै अन्य प्राविधिक कठिनाई पनि देखिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थी बताउछन् ।

‘ जिल्ला अस्पतालका लागि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको भन्दा कम बजेट राखेर कसरी अस्पताल चल्छ? डा. अवस्थीले प्रश्न गरे । जिल्ला अस्पतालमा टाढा टाढाका गम्भिर प्रकृतिका विरामी उपचारका लागि आउने तर नगरपालिकाले त्यसको महत्वलाई नबुझेर स्वास्थ्य केन्द्रको आकारको बजेट बिनियोजन गर्दा अहिलेको समस्या आएको उनको बुझाई छ । डा. अवस्थीले भने, ‘ जिल्ला अस्पतालहरुलाई सिधै केन्द्रले बजेट बिनियोजन गर्दा राम्रो हुन्छ । त्यो भन्दा तलका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्रको हकमा स्थानिय तहले आवश्यकता अनुसार व्यवस्था गर्नु पर्छ । ’ स्वास्थ्य संस्थाहरुको जिम्मेवारी पहिलो पटक स्थानिय सरकारलाई दिएकाले र नयाँ जनप्रतिनिधिलाई यसका बिषयमा राम्रो ज्ञान नभएकाले औषधि अभाव जस्ता समस्या देखा परेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिल प्याकुरेलले बताए । औषधिको अभाव जस्ता अहिले देखिन लागेका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय तयार रहेको डा. प्याकुरेलले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मोटोपनले जवानी गायव
Next article जानी राखौं किन चिलाउँछ योनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131911
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web