डा. गणेश दंगाल
१) स्तनको परीक्षण : आफैंले वा डाक्टरले हातको पञ्जाले छामेर स्तनमा गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ ।
२) म्यामोग्राफी : यो विशेष एक्सरे विधिले स—साना स्तन क्यान्सरहरू समयमै पत्ता लगाउन सकिन्छ । तर करिब २० प्रतिशत जति हातले छाम्दा भेटिने स्तन ट्युमरलाई यो विधिवाट पत्ता लगाउन सकिँदैन । यसले स्तनमा भएका शंकास्पद ठाउँहरू पहिचान गर्दछ र त्यस्ता ठाउँबाट साइटोलोजी तथा बायोप्सी जाँच गर्न सकिन्छ ।
३) फाइन निडल एस्पिरेसन साइटोलोजी : गिर्खा निस्केको शंकास्पद ठाउँबाट यो विधिद्वारा नमुना लिएर जाँच गरेमा ९८ प्रतिशत सक्षमताका साथ सही परिणाम आउँछ । यो विधिद्वारा जाँच गर्दा क्यान्सर भएका कोषहरू देखिएनन् भने क्यान्सर हुने सम्भावना न्यून हुन्छ । तर जाँचको नतिजा पोजेटिभ वा शंकास्पद भन्ने आएमा भने बायोप्सीद्वारा नै किटान गर्नुपर्दछ ।
४) बायोप्सी जाँच : स्तनको शंकास्पद गाँठोबाट मासुको टुक्रा झिकी परीक्षण गर्दा रोगको किटानीका साथ पहिचान हुन्छ । यो विधि क्यान्सर पहिचानको लागि ज्यादै भरपर्दो र उपयोगी छ ।
उपचारका विधिहरू :
यो क्यान्सर लागिसकेपछि अपनाउने विधिहरूमा शल्यचिकित्सा (अपरेसन), विकिरण पद्धति (रेडियसनथेरापी) हर्मोनलथेरापी, किमोथेरापी आदि पर्दछन् । रेडियसनथेरापी प्रायशः शल्यक्रिया गरिसकेपछि सहयोगी विधिको रूपमा प्रयोग गरिन्छ । स्तन क्यान्सर अन्य ठाउँमा फैलिएको अवस्थामा भने सामान्यतया किमोथेरापीको प्रयोग गरिन्छ ।
स्तन क्यान्सर भयानक रोग भए पनि सुरुकै अवस्थामा पत्ता लगाएमा उपचारपछि निको पार्न सकिन्छ ।
(लेखक : काठमाडौं मोडेल अस्पतालमा स्त्री रोग तथा प्रसूति विशेषज्ञको रूपमा कार्यरत हुन् ।)
Leave a Reply