• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अबुर्द रोगको निरोधात्मक उपाय आवश्यक छ : प्रधानमन्त्री

January 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अबुर्द रोगको निरोधात्मक उपाय आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ, ४ माघ: प्रधानमन्त्री शेरबहादुर देउवाले अर्बुद रोगको उपचारमा मात्र नभएर निरोधात्मक उपायमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको ‘विकासशील देशहरुमा क्यान्सर रोग नियन्त्रणका चुनौती’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले अस्वास्थकर जीवनशैली र खानपानका कारण अर्बुद रोगीको संख्या बढ्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले स्वस्थकर जीवनशैली अपनाउन आवश्यक छ, सरकारले अर्बुद, स्पाइनल इन्जुरी र मिर्गौला रोगीका लागि हरेक महिना रु पाँच हजार दिने व्यवस्था गरेको छ, यसले थोरै भए पनि सहयोग हुने विश्वास लिएको छु ।”

स्वास्थ्यमन्त्री दीपक बोेहराले सरकारले अर्बुदको जड मानिएको धूमपानको प्रयोग रोक्न यसमा लगाइने कर बढाउन खाका तयार पार्ने र त्यसलाई अब बन्ने नयाँ सरकारले अगाडि बढाउने बताउनुभयो ।

नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा आजदेखि ६ गतेसम्म चल्ने कार्यक्रमको उद्घाटन कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले विकासशील देशहरुमा नसर्ने रोगको चुनौती बढ्दै गएको बताउनुभयो ।

क्यान्सर रोगको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था युनियन फर क्यान्सर कन्ट्रोल (युआइसिसी) का अध्यक्ष प्रा सान्चिया अरान्डल, अन्तर्राष्ट्रिय सल्लाहकार प्रा जेफ डनले नेपालका अर्बुद अस्पतालको काम देखेर प्रभावित भएको उल्लेख गर्दै विकासशील देशमा नसर्ने रोग त्यसमा पनि अर्बुदले ठूलो रुप लिँदै गएको र त्यसमा ठूलो धनराशि खर्च भइरहेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भान्डलरले हरेक वर्ष सातदेखि आठ लाख मानिसको मृत्युको कारण अर्बुद रोग भएको बताउँदै ७५ प्रतिशत मृत्युको कारण उपचार खर्च नभएकाले हुने गरेको जानकारी दिनुभयो । उहाँले धेरैजसो विकासशील देशमा धेरै मानिस अर्बुदको उपचार गर्न नसक्ने अवस्थामा भएकाले यी देशले यस विषयमा छलफल गर्न आवश्यक भएको बताउनुभयो ।

अर्बुद रोग विशेषज्ञ तथा सम्मेलन आयोजक समितिका प्रमुख डा राजेन्द्रप्रसाद बरालले विकासोन्मुख देशमा अर्बुद बढ्दो क्रममा रहेकाले ‘विकासोन्मुख देशमा क्यान्सरको रोकथाममा चुनौती’ भन्ने विषयमा सम्मलेन केन्द्रित हुने बताउनुभयो ।

नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले अर्बुद रोगको मुख्य कारण धूमपान भएकाले सूर्तीजन्य पदार्थमा लगाइने कर बढाउनुपर्नेमा जोड दिनुभयो ।

संस्थाले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल र क्यान्सर काउन्सिल अस्ट्रेलियासँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा अमेरिका, बेलायत कम्बोडिया, स्पेन, भुटान, भारत, श्रीलंका, म्यानमार, मलेसिया, बंगलादेश, दक्षिण कोरिया, बेलायत, मंगोलिया, ताइवानलगायत १५ भन्दा बढी देशका अर्बुद रोग विशेषज्ञ, अनुसन्धानकर्ता, अर्बुदविरुद्धका अभियन्ता, नर्स गरी २५० जनाको सहभागिता छ ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य परीक्षण गरी ओली स्वदेश फिर्ता
Next article क्यान्सर रोगीको वास्तविक संख्या र अवस्था खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134186
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web