• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महानगर र उपमहानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने

February 10th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महानगर र उपमहानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने

हेल्थ टुडे
महानगर र उपमहानगरपालिकामा भएका सामुदायिक अस्पतालहरुले स्वास्थ्य मन्त्रालयबाट अबदेखि अनुदान नपाउने भएका छन् । सामुदायीक स्वास्थ्य संस्थाहरुलाई गाउँ केन्द्रीत गर्न मन्त्रालयले नयाँ व्यवस्था लागु गरेको छ । सामुदायिक अस्पताल अनुदान निर्देशिकाका अधिकांश व्यवस्था संशोधन गरी मन्त्रालयले ग्रामिण क्षेत्रमा संचालित सामुदायीक अस्पतालहरुलाई अनुदानमा प्राथमिकता दिने व्यवस्था गरेको हो ।
अनुदान वितरण गर्दा सरकारी अस्पतालबाट टाढा रहेका सामुदायीक अस्पताललाई प्राथमिकता दिनु पर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । साथै सरकारी अस्पतालमा नपाईने सेवा दिएका सामुदायीक अस्पतालहरु पनि अनुदानका लागि प्राथमिकतामा पर्ने भएका छन् ।
अनुदान दिँदा अस्पताल रहेको ठाँउ, अस्पतालबाट निशुल्क दिईने सेवा, अस्पतालले लिने शुल्क, अस्पतालको अनुभव, मानवीय श्रोत लगायतलाई हेरेर दिने व्यवस्था गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले बताए ।
संशोधित निर्देशिका अनुसार अवदेखि कम्तीमा १५ शैया रहेका अस्पताललाई मात्रै अनुदान दिईने छ ।
मुनाफा वितरण नगर्ने र नाफा कमाउने उद्धेश्य नभएका अस्पतालहरुलाई सामुदायीक अस्पताल अन्तर्गत राखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिले झण्डै पाँच सय ओटा सामुदायीक अस्पतालहरु रहेका छन् ।
अनुदान रकम पाउनका लागि निर्देशिकामा केही कडा मापदण्डहरुको व्यवस्था गरिएकाले अवदेखि सामुदायीक अस्पतालका नाममा करोडौ रुपैयाको दुरुपयोग पनि नियन्त्रण हुने भएको छ ।
अहिले सम्म बर्षेनी झण्डै ५० करोड रुपैया हचुवाका भरमा वितरण हुदै आएकोमा अव भने मापदण्ड अनुसार मात्रै वितरण गरिने भएकाले दुरुपयोग नियन्त्रण हुने भएको हो ।
नयाँ व्यवस्था अनुसार अनुदान पाउनका लागि अस्पतालको तर्फबाट ठोस कार्ययोजना पेस गर्नु पर्ने, अन्य आम्दानीको श्रोत खुलाउनु पर्ने, सरकारी कुनै अनुदान नपाएको हुनु पर्ने लगायतका व्यवस्थाहरु गरिएको छ ।
अहिले सम्म एकमुष्ट दिने गरिएकोमा अवदेखि अनुदान दिदा दुई किस्तामा दिइने र पहिलो किस्ताको रकमले गरेको कामको मुल्यांकन गरेर सवै काम सकिएपछि मात्रै दोस्रो किस्ताको रकम दिने मापदण्ड बनाइएको पौडेलले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब एमबिबिएस पास गरेपछि एक वर्ष दुर्गम जानै पर्ने
Next article एनएपीएनको अध्यक्षमा पुनःसिटौला

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132275
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web