• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्टार हस्पिटलमा खुल्यो क्यान्सर सेन्टर

November 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्टार हस्पिटलमा खुल्यो क्यान्सर सेन्टर

हेल्थ टुडे

काठमाडौं, १० मंसिर :  ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले आईतबारदेखि क्यान्सरका विरामीको सुविधाकालागि क्यान्सर सेन्टर सञ्चालन गरेको छ । भक्तपुरमा रहेको काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यका स्थापना गरिएको उक्त ‘स्टार काठमाडौं क्यान्सर सेन्टर ’ को आईतबार महिला, वालवालिका तथा समाजकल्याण मन्त्री विक्रम थापाले भव्य समारोहबिच उद्घाटन गरेका हुन् ।

क्यान्सरका विरामीहरुलाई स्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले क्यान्सर सेन्टर सञ्चालन गरिएको हो । कार्यक्रममा स्टार हस्पिटलका प्रवन्ध निर्देशक डा.शैल रुपाखेती र काठमाडौं क्यान्सर सेन्टरका तर्फबाट मेडिकल डाइरेक्टर डा.सिमित सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । केमो थेरापी बाहेकका अन्य क्यान्सर उपचार सेवा अब स्टार हस्पिटलमै उपलब्ध हुने हस्पिटलका प्रवन्ध निर्देशक डा. रुपाखेतीले बताए । केमो थरापी र गम्भिर किसिमका शल्यक्रिया गर्दा स्टारमा उपचार गराइरहेका विरामीको थप उपचार काठमाडौं क्यान्सर सेन्टरमा हुने छ । स्टार हस्पिटलका सिइओ डा.सन्देश जिसीले स्वदेशका अस्पतालहरुबिच सहकार्य गरेर अगाडि बढ्ने उद्देश्य अनुसार स्टार हस्पिटलमा क्यान्सर सेन्टर स्थापना गरेर सञ्चालन गरिएको बताए ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाले स्टार हस्पिटल र काठमाडौं क्यान्सर सेन्टरबिच भएको सहकार्य ऐतिहासिक भएको बताए । सोसाइटी अफ सर्जनका अध्यक्ष डा. सिएल भट्टचनले स्टार हस्पिटलले सञ्चालनमा ल्याएको नयाँ क्यान्सर सेन्टरबाट कयौं क्यान्सरका विरामीले सर्वसुलभ उपचार सेवा पाउने विश्वास व्यक्त गरे । स्टार अस्पतालका अध्यक्ष बसन्तचन्द्र मरहट्टाले अस्पतालले सेवा सुविधा बिस्तार गर्दै गइरहेको जानकारी गराउँदै अस्पतालले भविश्यमा थप सेवा बिस्तार गर्ने बताए । १३३ शैया क्षमता रहेको स्टार हस्पिटलले अहिले ८ तले सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धरै मोटो हुनु अस्वस्थताको कारण
Next article यौन सम्पर्क गर्दा कण्डम फुट्यो ! के गर्ने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web