• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 25th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बैतडीका आधा स्वास्थ्य चौकीलाई नयाँ भवन 

December 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बैतडीका आधा स्वास्थ्य चौकीलाई नयाँ भवन 

हेल्थ टुडे

बैतडी  : पुराना भौतिक संरचनाका कारण समस्या झेलीरहेका बैतडीका आधा जति स्वास्थ्य चौकीले नया भवन पाएका छन् । ती मध्ये केहीका भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् भने केही निर्माण पूरा हुने क्रममा छन् । ५० शैयाको जिल्ला अस्पताल भवन पनि निर्माणाधिन अवस्था छ । चार नगरपालिका र ६ गाउपालिका रहेको बैतडीमा ६८ स्वास्थ्य संस्थामध्ये ३२ वटाको नयाँ भवन निर्माण भइरहेको छ । तीमध्ये पाँचवटाले नयाँ निर्माण भएको भवनबाट सेवा समेत सुचारु गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थीले बताए । जिल्ला स्वास्थ्य कार्यालयले अहिले दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाको आफ्नै भवन बनाउने अभियान नै चलाएको छ । स्वास्थ्य सेवा विभागको मापदण्डअनुसार यी सबै स्वास्थ्य निर्माण भइरहेको डा. अवस्थीले जानकारी दिए ।  ‘कुलाउ, सलेना, रिम, तल्लादेही र गाँजरी स्वास्थ्यचौकीका नयाँ भवन निर्माण भई सञ्चालनमा आइसकेका छन, उनले भने, ‘ १८ वटा स्वास्थ्यचौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा पनि १५ वटा स्वास्थ्यसंस्थाका नयाँ भवन निर्माण कार्य सुरु हुदैछन् । ’

स्वास्थ्यका नयाँ भवन बन्दै जाँदा सेवाग्राहीको संख्या बढ्नुका साथै सुरक्षित मातृत्व सेवा प्रभावकारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीकी पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् । उनले भनिन, ‘ विभिन्न समस्याले गर्भवती महिला स्वास्थ्य संस्थामा आउन सकिरहेका थिएनन् । नयाँ भवन बनेपछि गोप्यताको ग्यारेन्टी पनि भयो । हामीले जिल्लामा सुरु गरेको पूर्ण संस्थागत सुत्केरी अभियानलाई पनि सहयोग पुगेको छ ।’ केही समयअघिसम्म सिगास गाउँपालिका( २ स्थित गाँजरी स्वास्थ्यचौकी गाविस भवनको एउटा कोठामा सञ्चालित थियो। सेवाग्राही आए भने चौरमै उपचार गर्नुपथ्र्यो। गर्भवती महिलाको जाँच गर्न पनि निकै सकस हुन्थ्यो । तर अहिले त्यो समस्या हटेको छ । स्वास्थ्य चौकीसँग आफ्नै भवन छ। प्रत्येक फाँटको अलग(अलग व्यवस्थापन गरिएको छ । स्टाफ बस्नका लागि समेत छुट्टै क्वार्टरको व्यवस्था गरिएको छ ।‘स्वास्थ्यको पुरानो भवन चुहिएर औषधि जोगाउनसमेत मुस्किल पथ्र्यो तर नयाँ भवन बनेपछि सेवा प्रदान गर्न सजिलो भएको छ’, रिम स्वास्थ्य चौकीका अहेव महानन्द जोशीले भने, ‘नयाँ भवनमा सबै किसिमका सुविधा भएकाले सेवा लिने र दिने दुवै पक्षलाई सहज भएको छ।’

स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि गर्भवती महिलालाई स्वास्थ्य परीक्षण गराउन सजिलो भएको सिगास गाउँपालिका २ की कलावती धामीले बताइन ्। उनले भनिन,  ‘ अहिले महिलाका लागि अलग्गै कोठाको व्यवस्था छ । पहिला हामीले चाहेर पनि स्वास्थ्य सेवा लिन सकिरहेका थिएनौं। नयाँ भवनबाट स्वास्थ्य सेवा दिन सुरु गरेपछि निकै सजिलो भएको छ ।’ पुरानो भवनमा बर्थिङ सेन्टर सञ्चालन गर्न निकै समस्या रहेको इन्चार्ज जनकसिंह धामीले बताए । ‘वर्षातको समयमा कोठाभित्रै पानी पस्ने भएकाले बिरामी स्वास्थ्य चौकीमा छिर्नै हिच्किचाउँथे’, उनले भने ।

सलेना स्वास्थ्य चौकीका पूर्वइन्चार्ज नारायण चन्दले पनि नयाँ स्वास्थ्यचौकी भवन बनेपछि उपचारका लागि आउने महिलाको संख्या बढेको बताए । ‘साविकको गाविस भवनको एककोठामा स्वास्थ्यचौकी सञ्चालन गर्दा गर्भवती महिला जाँच गराउन आउँदैनथे। भवन अभावमा उनीहरुको स्वास्थ्य परीक्षण गर्न पनि निकै असहज हुन्थ्यो। नयाँ भवन बनेपछि महिलाको चाप बढेको छ ।’ सलेना स्वास्थ्यचौकीकी अनमी कमला सिंहले चौबिसै घन्टा सुरक्षित प्रसुती सेवा सुरु भएको जानकारी दिइन ्। ‘अहिले अफिसकै क्वाटरमा बस्छौं । बिरामीलाई जतिबेलै सेवा दिन सजिलो भएको छ’, उनले भनिन । जिल्ला अस्पताल बैतडीमा समेत ५० शैयाको  नयाँ भवन निर्माण जारी रहेको डा. अवस्थीले बताए । ‘पचास शैयाको  अस्पताल हुनेबित्तिकै जिल्ला अस्पतालबाटै विशेषज्ञ सेवा प्रदान हुन्छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने विभिन्न फ्याक्टरमध्ये भौतिक संरचना पनि एक हो । भवन राम्रो भयो भने स्वास्थ्य सेवा पनि प्रभावकारी बनाउन सकिन्छ ।’ (निङ्लासैनी एफएम बैतडीका भगिरथ अवस्थीको सहयोगमा )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनकर्मी, जो महंगा गाडी चढ्छन्
Next article जब केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ……

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132029
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web