• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आज नयाँ स्वास्थ्य सचिव नियुक्त हुने संभावना

December 28th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आज नयाँ स्वास्थ्य सचिव नियुक्त हुने संभावना

हेल्थ टुडे

काठमाडौं, १२ पुष : स्वास्थ्य मन्त्रालयमा रिक्त सचिवको नियुक्ती आज बस्ने मन्त्रीपरिषद्ले गर्ने संभावना बलियो बनेको छ । मन्त्रीपरिषद् सचिवालय स्रोतका अनुसार मन्त्रीपरिषद् बैठकको कार्यसूचिमा स्वास्थ्य सचिव नियुक्ति सम्बन्धी बुदा समावेस गरिएकाले आज मन्त्रीपरिषद् बैठक बस्न सके स्वास्थ्य सचिव नियुक्त हुने छ । गत मंसिर १८ गते उमेर हदका कारण डा. किरण रेग्मी सेवा निवृत भएपछि स्वास्थ्य मन्त्रालयको सचिव पद रिक्त छ ।

लोक सेवा आयोगअध्यक्षको अध्यक्षतामा बसेको बढुवा समितिले स्वास्थ्य मन्त्रालयमा बाह्रौ तहमा कार्यरत वरिष्ठ चिकित्सकहरु डा.विनोदमान श्रेष्ठ, डा. सुशिल प्याकुरेल र डा. पुष्पा चौधरीको नाम समान्य प्रशासन मन्त्रालय पठाएको स्रोतले जनाएको छ ।  समितिको सिफारिसमा समान्य प्रशासन मन्त्रालयले नियुक्तीका लागि पठाएका उक्त तिन चिकित्सक मध्ये मन्त्रीपरिषद्ले एक जनालाई सचिवमा नियुक्त गर्ने छ । बढुवा समितिमा लोकसेवा आयोगका अध्यक्ष, लोक सेवाकै एक जना सदस्य, मुख्य सचिव र समान्य प्रशासन मन्त्रालयका सचिव रहन्छन । सिफारिस भएका जो सुकैलाई पनि मन्त्री परिषद्ले नियुक्त गर्न सक्ने प्रावधान छ । यस अघि बढुवा समितिले कार्यसम्पादन र जेष्ठताका आधारमा उपयुक्त उम्मेदवार पठाउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । स्वास्थ्य मन्त्रालयले बाह्रौ तहका तिन र एघारौ तहमा पाँच वर्ष भन्दा बढी सेवा अवधि भएका ८ जना गरि ११ जनाको नाम पठाएको थियो । डा.विनोदमान श्रेष्ठको सेवा अवधि दुई महिना मात्र बाकी रहेकाले उनलाई सचिव नियुक्त गर्ने संभावना न्यून रहेको स्रोतको दावी छ । डा. प्याकुरेल र डा. चौधरी मध्ये एक जना सचिवमा नियुक्त हुने संभावना बलियो रहेको छ ।

यी दुई मध्ये डा.चौधरीलाई बिबादास्पद् चिकित्सकका रुपमा लिइन्छ । २०४८ मा आठौ तहबाट सरकारी सेवा प्रवेश गरेकी उनले  सरकारलाई जानकारी नै नदिई बेलायतमा मुख्य कार्यालय रहेको स्त्री रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय संगठन फिगोबाट प्रति महिना करिव डेढ लाख रुपैया ( १५ सय अमेरिकी डलर) तलव लिने गरि जनवरी १, २०१५ देखि डिसेम्बरसम्म तीन बर्षे सम्झौता गरेपछि बिबादमा तानिएकी हुन् । जबकी कुनै पनि सरकारी कर्मचारीले दोहोरो सुविधा लिन नपाइने स्वास्थ्य सेवा ऐनमा व्यवस्था छ ।

त्यसैगरि प्रसूति गृहको निर्देशक भएका बेला आर्थिक अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा.चौधरीलाई २०७४ असार २ गते कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्र कर्मचारीसंग मिलेमतो गरि स्वास्थ्य सचिव र मन्त्रीसम्म पुग्न नै नदिएर लुकाएको आरोप डा. चौधरीमाथि छ । डा.चौधरीलाई अंगिकृत नागरिक भएको र उमेर घटाएर नागरिकता बनाएको आरोप पनि छ । आफ्नो उमेर र नागरिताका बिषयमा मिडियामा आएका समाचारका बिषयमा आफूले चाडै पत्रकार सम्मेलन गर्ने उनले बताएकी छन् ।  यसका साथै सेवा अवधिमा कहिल्यै पनि राजधानी बाहिर नगएको, राजधानी बाहिरका जिल्लाको स्वास्थ्यकर्मीका समस्या नबुझ्ने, एनजिओ र आईएनजीओसँग आर्थिक चलखेलमात्र गर्ने, कर्मचारीसँग रुखो व्यवहार गर्ने जस्ता दर्जनौ आरोप डा. चौधरीलाई छन् । प्रसूति गृहको निर्देशकपछि उनी परिवार स्वास्थ्य महासाखाको निर्देशक भएकी थिइन । त्यसपछि तत्कालिन स्वास्थ्य मन्त्री रामजनम चौधरीले नियम मिचेर उनलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनाएका थिए । महानिर्देशक भएका बेला कार्यक्षमता अभाव र कर्मचारी सरुवामा ठूलो आर्थिक चलखेल गरेपछि तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले डा.चौधरीलाई महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गरेका थिए ।

सचिवका अर्का प्रतिस्पर्धी डा.प्याकुरेल सेवा अवधिको ३८ वर्ष राजधानी बाहिर बसेर एकै पटक बाह्रौ तहमा बढुवा भएपछि मन्त्रालय छिरेका हुन् । उनलाई देशका ५० भन्दा बढी जिल्लामा बसेर काम गरेको अनुभव भएको, स्पष्ठ वक्ता र निर्णय क्षमता भएको चिकित्सकका रुपमा चिनिन्छ । केन्द्रमा नबसेकोले उनलाई  मन्त्रालयमा हुने नीतिगत र प्रशासनिक अनुभव भने कम रहेको मन्त्रालयका अधिकारी बताउछन् । रेडियोग्राफरबाट स्वास्थ्य सेवा प्रवेश गरेका डा. प्याकुरेलले विभिन्न जिल्लामा मेडिकल अफिसरदेखि जिल्ला स्वास्थ्य प्रमुख भएर जिम्मेवारी सम्हालेका छन् । पछिल्लो पटक मध्यपश्चिम, पूर्वाञ्चल र अन्तमा सुदूरपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालको निर्देशक भएर जिम्मेवारी सम्हालेका छन् । उनलाई प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्लासम्म, अञ्चल अस्पतालदेखि क्षेत्रिय निर्देशनालयसम्मको सबै गाह्रो साह्रो थाहा छ । स्वास्थ्यमा कार्यरत दातृ निकायसँग कसरी जनताको हितमा काम गर्न सकिन्छ भन्ने अनुभव उनीसंग रहेको स्वास्थ्यकर्मी बताउछन् ।

जहिले पनि खुला प्रतिस्पर्धाबाट बढुवा हुदा बाह्रौ तहसम्म पुगेका डा. प्याकुरेल बाह्रौ तहमा मात्र फाइल बढुवामा परेका हुन्, त्यो पनि प्रकृयागत वाध्यताले । किनकी बाह्रौं तहमा फाइल बढुवा मात्र हुन्छ । दुर्गममा बसेर जनताको सेवा गरेकै परिणाम स्वरुप राज्यबाट सम्मान पाएको, जनताको आशिर्वाद पाएको र सबैभन्दा ठूलो आत्मसन्तुष्टि पाएको डा.प्याकुरेल बताउँछन । दुर्गममा काम गरेकै नम्बरका कारण अहिले आफू स्वास्थ्य सेवाको सबैभन्दा माथिल्लो आहोदामा पुगेकोमा आफूलाई गर्व लागेको उनी सुनाउछन् । यी प्रतिस्पर्धी मध्ये स्वास्थ्य मन्त्रालयको सचिवको पद कसको जिम्मामा पर्ने हो त्यसको लागि भने मन्त्रीपरिषद्को निर्णय कुनै पर्ने अवस्था छ । प्रधानमन्त्री देउवाले जसलाई नियुक्त गर्न चाह्यो उही सचिव हुने अवस्था रहेको मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीले भने, ‘स्वास्थ्य मन्त्रीले चाहेर मात्र केही हुदैन । प्रधानमन्त्रीले चाहेको व्यक्ति हुन्छ । ’ विभागिय मन्त्रीको कुरालाई प्रधानमन्त्रीले अस्विकार गर्न सक्छ । केपी ओली नेतृत्वको सरकारका स्वास्थ्य मन्त्री रामजनम चौधरीले डा. पदमबहादुर चन्दलाई सचिव बनाउने प्रस्तावलाई ओलीकै हस्तक्षेपका कारण डा. सेनेन्द्र उप्रेति स्वास्थ्य सचिव भएको नजिर रहेको ती अधिकारीले बताए । उनले भने, ‘ अहिलेको अवस्थामा सचिव नियुक्तीमा प्रधानमन्त्रीले जसलाई बनाउन चाह्यो त्यही हुन्छ । प्रधानमन्त्रीले चासो नदेखाए जो पनि हुन सक्छ । यो कुनै राजनीतिक नियुक्ती होइन । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कारवाही गर्नु पर्नेलाई पुरस्कार    
Next article रक्सी खाएर यौन सम्पर्क

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134002
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web