• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

August 5th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

हेल्थ टुडे
काठमाडौं, २० साउन : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल एण्ड प्रत्यारोपण केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ। गैरनाफामूलक अवधारणामा स्थापना गरिएको यस अस्पतालले न्यूनतम शुल्कमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। अस्पतालले आगामी एक वर्षभित्र प्रत्यारोपण सेवाका लागि छुट्टै अत्याधुनिक भौतिक संरचना निर्माण गर्ने तथा दुई वर्षभित्र मिर्गौला र कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्य लिएको जनाएको छ। प्रत्यारोपण सेवासहितको बहुविशेषज्ञ अस्पतालका रूपमा विकास गर्ने दीर्घकालीन योजना अस्पतालले अघि सारेको हो।

मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुसाल, वरिष्ठ मुटु शल्यचिकित्सक डा. प्रेमराज वैद्य, एनेस्थेसियोलोजिस्ट डा. महालक्ष्मी देउवा लगायतका अनुभवी चिकित्सकहरूको टोलीले गैरनाफामूलक संस्थामार्फत अस्पताल स्थापना गरेको हो।

अस्पतालका व्यवस्थापक तथा वरिष्ठ मुटु शल्यचिकित्सक डा. प्रेमराज वैद्यका अनुसार नाफा कमाउने उद्देश्यभन्दा सामाजिक सेवाको भावनाले अस्पताल सञ्चालनमा ल्याइएको हो। “हामीले आर्थिक अवस्था कमजोर भएका नागरिकले पनि सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले न्यूनतम शुल्कमा सेवा दिने व्यवस्था गरेका छौं,” उनले बताए।

डा. वैद्यका अनुसार करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल तुलसी मेहर ट्रस्टबाट २५ वर्षका लागि लिजमा लिएर सञ्चालन गरिएको हो। अस्पतालको पूर्वाधारलाई क्रमशः विस्तार गर्दै प्रत्यारोपण केन्द्रका रूपमा विकास गरिने उनले जानकारी दिए।

हाल अस्पतालबाट मुटुरोग, मिर्गौला रोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बालरोग, सामान्य चिकित्सा लगायतका विशेषज्ञ सेवा सुरु भइसकेका छन्। साथै आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्दै आधुनिक उपकरणसहितको सुविधासम्पन्न अस्पताल बनाइने योजना रहेको अस्पतालले जनाएको छ।

अस्पतालको प्रत्यारोपणसम्बन्धी भौतिक संरचना निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको डा. वैद्यले जानकारी दिए। सहयोगसम्बन्धी प्रक्रिया छिट्टै अगाडि बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ।

विशेषज्ञ चिकित्सकहरूको नेतृत्व, गैरनाफामूलक अवधारणा र प्रत्यारोपण सेवा विस्तारको दीर्घकालीन योजनासहित सञ्चालनमा आएको गान्धी तुलसी मेहर हस्पिटलले काठमाडौं उपत्यकासहित देशभरका बिरामीलाई सहज, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता
Next article बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

120
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web