• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

August 4th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

हेल्थ टुडे,

काठमाडौं, १९ साउन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव पदका आवेदक डा. प्रमोद जोशीले आफ्नो अनुसन्धानका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विभिन्न अफवाहहरु निराधार र तथ्यहिन भएको भन्दै त्यसको खण्डन गरेका छन् ।

आफूले परिषद्को इथिकल स्वीकृति नलिई अनुसन्धान गरेको भन्ने दाबी तथ्यहीन र भ्रामक भएको बताउँदै डा. जोशीले ‘Hospital Stay of Orthopedic cases in a Tertiary Care Hospital: A Descriptive Cross-sectional study’ शीर्षकको अनुसन्धान परिषद्को इथिकल रिभ्यु बोर्डबाट २२ डिसेम्बर २०२० मा स्वीकृति लिएर मात्र सञ्चालन गरिएको जानकारी दिएका छन्।

उनले आधिकारिक अभिलेख अध्ययन नगरी र सम्बन्धित पक्षसँग तथ्य नजानी प्रकाशित भएका समाचारले आफ्नो व्यावसायिक प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै आपत्ति जनाएका छन्। सत्य, तथ्य र प्रमाणमा आधारित भई समाचार सम्प्रेषण गर्न समेत उनले सरोकारवाला तथा सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन्। परिषद्को सदस्य सचिव पदको छनौट भइरहेको बेला कुनै निहीत स्वार्थ समूहले आफ्नो बदनाम गर्न समाजिक सञ्जाल मार्फत अफवाह फैलाएको दावी गर्दै आवश्यक परे त्यसो गर्नेहरुमाथि कानूनी उपचार समेत खोज्न सक्ने बताएका छन ।
डा. प्रमोद जोशीद्वारा जारी तथ्यगत स्पष्टीकरणको पूर्ण पाठ:

हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव पदका लागि मेरो आवेदनसँग सम्बन्धित विषयमा एक अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित सामग्रीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सार्वजनिक भएका केही समाचारमा तथ्यपरक पुष्टि नगरी मेरो अनुसन्धानसँग सम्बन्धित भ्रामक तथा अपुष्ट दाबी गरिएको देखिएकाले निम्न तथ्यहरू स्पष्ट गर्न चाहन्छु।

१. मैले Hospital Stay of Orthopedic cases in a Tertiary Care Hospital: A Descriptive Cross-sectional study शीर्षकको अनुसन्धान नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को इथिकल रिभ्यु बोर्डबाट २२ डिसेम्बर २०२० मा विधिवत् इथिकल स्वीकृति (Ethical Approval) प्राप्त गरेपछि मात्र सञ्चालन गरेको हुँ।

२. उक्त इथिकल स्वीकृतिको आधिकारिक अभिलेख नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सुरक्षित रहेको छ र आवश्यक परे सम्बन्धित निकायबाट पुष्टि गर्न सकिन्छ।

३. मैले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल स्वीकृतिबिना अनुसन्धान गरेको वा सेती अस्पतालबाट मात्र स्वीकृति लिएर अनुसन्धान सम्पन्न गरेको भन्ने दाबी तथ्यहीन, भ्रामक तथा सार्वजनिक अभिलेखसँग मेल नखाने विषय हो।

४. नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नेपालमा स्वास्थ्य अनुसन्धानको नियामक निकाय हो। स्वास्थ्य अनुसन्धानसम्बन्धी स्थापित कानुनी तथा नैतिक मापदण्डको पूर्ण पालना गर्दै नै मेरो अनुसन्धान सम्पन्न भएको हो।

५. तथ्य परीक्षण नगरी वा सम्बन्धित पक्षसँग कुनै जानकारी नलिई प्रकाशित/प्रसारित भएका समाचारले मेरो व्यावसायिक प्रतिष्ठा र व्यक्तिगत चरित्रमाथि अनावश्यक प्रश्न उठाउने प्रयास गरेको महसुस गरेको छु।

६. त्यसैले सम्बन्धित सञ्चारमाध्यम तथा सरोकारवाला सबैलाई कुनै पनि सूचना वा आरोप सार्वजनिक गर्नुअघि आधिकारिक अभिलेख र प्रमाणको अध्ययन गरी तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न हार्दिक अनुरोध गर्दछु।

७. मेरो अनुसन्धानसम्बन्धी कुनै जिज्ञासा वा शंका भए नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आधिकारिक अभिलेखबाट सत्यतथ्य पुष्टि गर्न सकिनेछ।

सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारिताले मात्र नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्ने विश्वासका साथ यो स्पष्टिकरण सार्वजनिक गरेको छु।

डा. प्रमोद जोशी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए
Next article स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133790
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web