• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

July 31st, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता  रोक्ने

 

हेल्थ टुडे,
काठमाडौं, १५ साउन :  डा. गोविन्द केसी र सरकारबिच गत हप्ता धनगढीमा भएको सहमतिप्रति निजी मेडिकल कलेजहरूले विरोध जनाएका छन् । केसीसंगको सहमती पालना गर्न बाध्य बनाए उनीहरुले एमडी÷एमएस रेसिडेन्ट चिकित्सकलाई उपलब्ध गराउँदै आएको निर्वाह भत्ता (स्टाइपेन्ड) रोक्ने निर्णय गरेका छन् ।
निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले बिहीबारदेखि लागु हुने गरी स्टाइपेन्ड वितरण स्थगित गर्ने निर्णय गरेको हो ।

संस्थाका अनुसार सरकार र डा. केसीबीच भएको सम्झौताको बुँदा नम्बर ३ र ४ संशोधन वा खारेज नभएसम्म रेसिडेन्ट चिकित्सकलाई मासिक स्टाइपेन्ड उपलब्ध नगराउने चेतावनी दिएका छन् । एसोसिएसनले सरकार र डा. केसीबीच निजी मेडिकल कलेजमा एमबीबीएसको सिट संख्या नबढाउने विषयमा भएको सहमतिप्रति असहमति जनाएको छ । संस्थाका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पत्र पठाउँदै उक्त सहमतिको बुँदा नम्बर ३ र ४ तत्काल खारेज गर्न माग गरेका छन् ।

संस्थाको दाबीअनुसार सरकार र निजी मेडिकल कलेजबीच यसअघि भएका सहमतिविपरीत पछिल्लो सम्झौता गरिएको छ । एसोसिएसनले निजी मेडिकल कलेजहरूको एमबीबीएस सिट संख्या चरणबद्ध रूपमा वृद्धि गर्ने मौखिक सहमतिका आधारमा गत वर्ष एमडी÷एमएस रेसिडेन्ट चिकित्सकको मासिक स्टाइपेन्ड २० हजार रुपैयाँबाट बढाएर ४८ हजार ७३७ रुपैयाँ पु¥याइएको स्मरण गराएको छ । स्टाइपेन्ड वृद्धि गर्दा थप आर्थिक दायित्व व्यवस्थापन गर्न सरकारले एमबीबीएस सिट संख्या क्रमशः बढाउने प्रतिबद्धता जनाएको संस्थाको दाबी छ । तर पछिल्लो सहमतिले त्यही समझदारीलाई उल्ट्याएको भन्दै एसोसिएसनले आपत्ति जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने
Next article नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134356
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web