• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाग्लुङका अति गरिबलाई निःशुल्क स्वास्थ्य बीमा

February 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाग्लुङका अति गरिबलाई निःशुल्क स्वास्थ्य बीमा

बाग्लुङका अति गरिबमा सूचीकृत परिवारका सदस्यले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् । गरिबी परिचयपत्र नहुँदा लक्षित वर्गमै स्वास्थ्य बीमा नपुगेपछि सूचीकृत भएकै आधारमा बीमा गराइएको हो । स्वास्थ्य बीमा कार्यक्रमले परिचयपत्रका आधारमा अति गरिबलाई निःशुल्क बीमा गराउने व्यवस्था गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट परिचयपत्र जारी नहुँदा विपन्न परिवार बीमा सुविधाबाट वञ्चित भएका थिए ।

परिचपयपत्र नआए पनि मन्त्रालयले अति गरिबको सूचीमा राखेका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड प्रदेश नं ४ का संयोजक जीवलाल खरेलले बताउनुभयो । “लक्षित वर्ग नै बीमाको सुविधाबाट छुटेपछि मन्त्रालयले तयार गरेको सूचीका आधारमा सेवा दिइरहेका छौँ” संयोजक खरेलले भन्नुभयो । उहाँका अनुसार पहिलो चरणमा अति गरिब परिवारलाई मात्र निःशुल्क सेवा उपलब्ध गराइएको छ ।

गरिब परिचयपत्र वितरण हुनासाथ सबैखाले गरिब परिवारको स्वास्थ्य बीमामा सहज पहुँच पुग्ने संयोजक खरेलको भनाइ छ । प्रदेश नं ४ का ५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । बागलुङमा दुई वर्षअघि र कास्की, म्याग्दी, गोरखा र तनहुँमा यसै वषदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । सरकारले शुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । बागलुङमा हालसम्म पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जना सदस्यको स्वास्थ्य बीमा भएको छ ।अतिगरिब ५४४ परिवारका दुई हजार ८४५ सदस्य बीमा कार्यक्रममा जोडिएका छन् । बागलुङका दर्ता अधिकारी जमुनादेवी सापकोटाका अनुसार हालसम्म जिल्लाका १४ हजार ५३० जना विमित सदस्यले उपचार सेवा पाएका छन् । जिल्लामै र बाहिरसमेत गरी तोकिएका स्वास्थ्य संस्थाबाट सामान्यदेखि जटिल उपचार सेवा विमित सदस्यले पाउँदै आएका हुन् । अति गरिब परिवारका सदस्यलाई त झन निःशुल्क बीमाले ठूलो राहत मिलेको छ । “सामान्य परिवारले भने वार्षिक रु दुई हजार ५०० बीमा रकम बुझाउनुपर्ने व्यवस्था छ । सोबापत पाँच जनासम्मको परिवारले रु ५० हजारसम्मको उपचार सेवा निःशुल्क पाउने गरेका छन् । पाँच जनाभन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी बचाऔं बच्चाको दूधेदाँत
Next article राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132170
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web