• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त

February 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त

हेल्थ टुडे,

काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त गरेको छ । मन्त्रीपरिषद्को माघ २९ गते बसेको बैठकले आयोगमा सदस्यहरु नियुक्त गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार सरकारले डा जगदिश प्रसाद अग्रवाल, डा सिर्जना श्रेष्ठ, नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, एसोसिएसन अफ हेल्थ प्रोफेसन्स एजुकेशनिष्ट अफ नेपालका अध्यक्ष डा शेखरबाबु रिजाल, विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की र स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव विजया केसीलाई सदस्यका रुपमा नियुक्त गरेको छ । सरकारले शिक्षण संस्थाको नियमन गर्न र चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन चिकित्सा शिक्षा आयोग बनाएको हो । डा. केदार माथेमा कार्यदलको सुझाबका आधारमा सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ल्याएको थियो । अध्यादेश गत कार्तिक २४ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो ।

अध्यादेशमा प्रधानमन्त्रीको अध्यक्षतामा आयोग गठन हुने व्यवस्था छ । आयोगमा शिक्षा र स्वास्थ्य मन्त्री सहअध्यक्ष रहने छन् । यस्तै, राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्न सदस्य, चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, शिक्षा र स्वास्थ्य सचिव, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायीक परिषद्का उपाध्यक्ष, नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, आयूर्वेद काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी काउन्सिलका अध्यक्षहरु सदस्य रहने छन् । यी बाहेक सरकारले मनोनित गर्नुपर्ने सदस्यहरुलाई भने नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । आयोगको कार्यकारी अधिकार उपाध्यक्षमा रहने व्यवस्था छ ।

 

आयोगको उपाध्यक्षमा नाम सिफारिस गर्न तीन सदस्यीय समिति बनाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाग्लुङका अति गरिबलाई निःशुल्क स्वास्थ्य बीमा
Next article आफ्ना श्रीमानलाई रजिस्ट्रार बनाउन स्वास्थ्य सचिव डा. पुष्पाको दवाव 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132318
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web