• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘स्वास्थ्य अनुसन्धानलाई प्रदेशस्तरसम्म लैजानु पर्छ। ’

April 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘स्वास्थ्य अनुसन्धानलाई प्रदेशस्तरसम्म लैजानु पर्छ। ’

हेल्थ टुडे,

काठमाडौं, २८ चैत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य अनुसन्धानलाई प्रदेशस्तरसम्म बिस्तार गर्नु पर्ने  बताएकी छिन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा बुधबारदेखि राजधानीमा सुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलनको उद्घाटन गर्दै राज्यमन्त्री अर्यालले संघीय संरचना अनुसार अनुसन्धानको दायरलाई फराकिलो बनाउनु आवश्यक रहेकोमा जोड दिएकी हुन । अनुसन्धान बिनाको स्वास्थ्य सेवा विश्वसनिय हुन नसक्ने दाबी गर्दै स्वास्थ्य मन्त्रालयले अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताइन । उनले भनिन, ‘ स्वास्थ्य सेवामा मात्र होइन, अब स्वास्थ्य अनुसन्धानमा पनि लगानीका लागि बजेट बढाइने छ ।’ उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.सुशिलनाथ प्याकुरेलले उपचारात्मक मात्र नभएर प्रतिरोधात्मक स्वास्थ्य सेवाका क्षेत्रमा पनि अनुसन्धान आवश्यक रहेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले सम्मेलनमा देशभरिबाट प्रस्तुत हुने स्वास्थ्य र जनसंख्या सम्बन्धि अनुसन्धानपत्र र त्यसबाट प्राप्त नतिजाहरुले अनुसन्धानमा आधारित रहेर नीति निर्माण गर्न सरकार र सरोकारवालालाई सहयोग पुग्ने दाबी गरे ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भइरहेको सम्मेलनमा देशभरका एक हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता छ । भोलीसम्म चल्ने सम्मेलनमा ६५ भन्दा बढी कार्यपत्र प्रस्तुत हुने छन । सम्मेलनको उद्घाटनसत्रपछि  पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रले ‘हेल्थ रिसर्च एण्ड फाइनान्सिङ इन फेडरल हेल्थ सिस्टम इन नेपाल’ ,मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले ‘नन कम्यूनिकेवल डिजिज, इन्ज्योरिज एण्ड पोभर्टी इन नेपाल ’ र परिषद्का प्रमुख अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले हेल्थ रिसर्च काउन्सिलले गरेका अनुसन्धान र गर्न लागेका अनुसन्धानका बिषयमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।  ‘नेपालको बदलिँदो स्वास्थ्य प्रणालीको लागि उच्च स्तरीय अनुसन्धान’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको हो । यसका साथै ८ वटा आमन्त्रित विज्ञहरुबाट संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा संचालन भइरहेका स्वास्थ्य अनुसन्धान सम्बन्धी गतिविधिको बारेमा जानकारी, नेपालमा नसर्ने रोग र गरिबीको बारेमा प्रस्तुतिकरण तथा छलफल हुनेछ । उत्कृष्ठ अनुसन्धानकर्तालाई अवार्ड प्रदान गरिने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४४ जनाको निःशुल्क आँखाको शल्यक्रिया
Next article यसरी हटाउन सकिन्छ सास गन्हाउने समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132757
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web