• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 11th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बुटवलको आम्दामा खोप भण्डार केन्द्र

April 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बुटवलको आम्दामा खोप भण्डार केन्द्र

हेल्थ टुडे,
बुटवल, ११ वैशाख ः बुटवल उपमहानगरपालिकाले बुटवलको आम्दामा खोप भण्डारण केन्द्र सञ्चालन गरेको छ । उक्त भण्डारबाट उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्रमा ती खोप वितरण गरिने छ ।
स्थानीय सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्थापना गरिएको सो खोप केन्द्र शुभारम्भ गर्दै नगर प्रमुख शिवरा सुवेदीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हेलचेक्र्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले यस केन्द्रको स्थापनाले नगरलाई स्वास्थ्यको क्षेत्रमा थप आत्मनिर्भर बनाएको पनि बताउनुभयो ।
उक्त अस्पतालका निर्देशक डा विनोद पराजुलीले सिङ्गो उपमहानगर क्षेत्रका लागि भण्डारण केन्द्र आम्दामै स्थापना गर्न पाउनु आफ्नो संस्थाका लागि समेत गर्वको कुरा भएको उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्यका लागि आफूहरु तयार रहेको बताउनुभयो ।
उक्त केन्द्रमा बुटवल उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मी खटिने र उनीहरुले त्यहीबाट निःशुल्क औषधिका बारेमा पनि पैरवी र सहयोगका काम गर्नुका साथै सेवा प्रवाहका बारेमा नगर प्रमुख र स्वास्थ्य शाखा हेर्ने नगरका अधिकारीलाई नियमित जानकारी गराउनेछन् । यो केन्द्रबाट उपमहानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्था एवं खोप केन्द्रहरुलाई आवश्यक खोप वितरण गरिनेछ । केन्द्रमा हाल दुई वटा खोप राख्ने फ्रिज जडान गरिएको छ भने अर्को नयाँ फ्रिज ल्याउने तयारी भइरहेको छ । यसअघि खोप लिन भैरहवा जानुपर्ने थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना
Next article ८० काटेकालाई घरमै पुगेर उपचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132193
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web