• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खोपको ढुवानी गुणस्तरीय र सुरक्षित बनाइने

June 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खोपको ढुवानी गुणस्तरीय र सुरक्षित बनाइने

विराटनगर, २८ जेठः प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा खोपको ढुवानी गुणस्तरीय तथा प्रभावकारी र सुरक्षित बनाउनका लागि नेपाल सरकारद्वारा प्रदेश नं १ का लागि प्रदान गरिएको खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन कार्य आज शुभारम्भ गर्नुभएको छ ।
स्वास्थ्य सेवा विभागद्वारा प्रदान गरिएको सो भ्यानको साँचो मन्त्री घिमिरेले क्षेत्रीय मेडिकल स्टोर विराटनगरका प्रमुख भरत साहलाई प्रदान गर्नुभयो । उक्त स्टोरबाट विगत समयदेखि रेफ्रिजेरेटर भ्यानको अभावमा कोल्ड बक्सहरुमा खोप ढुवानी हुँदै आएको थियो । गुणस्तरीय प्रविधि अन्तर्गत उक्त रेफ्रिजेरेटर भ्यानको शुरुवात भएको स्टोरका कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।
पूञ्र्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाद्वारा एफआइपिभी खोपको शुरुवात तथा पिसिभी खोपको भायल परिवर्तन सम्बन्धी तीनदिने क्षेत्रीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीको आज समापन अवसरमा खोप कोल्ड चेन व्यवस्थापन तथा ढुवानीका लागि रेफ्रिजेरेटर भ्यान ल्याइएको हो । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार नेपालमा २२ प्रतिशत बालबालिका खोपबाट वञ्चित छन् ।
विश्वमा ४४ किसिमका खोप भए पनि नेपालमा हालसम्म ११ किसिमको खोप दिने गरेको बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । नेपालमा खोपको अवस्था, महत्व, खोपको असर र खोपलाई सुरक्षित बनाउने विषयमा जानकारी समेत गराएको छ । पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले नेपालमा खोपका कारण बिफर उन्मूलन, धनुषटङ्कार, इन्सेफ्लाइटिस रोग नियन्त्रण, दादुरा तथा रुबेलाजस्ता अन्य संक्रमण रोग पनि नियन्त्रणमा आएको जानकारी गराउनुभयो । सो अभिमुखीकरण कार्यक्रममा १६ जिल्लाका चिकित्सक, जनस्वास्थ्य प्रमुख, विशेषज्ञ तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बालिकाको उपचारका लागि सहयोगको याचना
Next article दैनिक १०० युनिट रगतको माग,जिल्लामा रगतको अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web