• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

January 15th, 2026 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

हेल्थ टुडे, १ माघ काठमाडौं —प्राकृतिक र औषधिविहीन उपचार पद्धतिमा आधारित सुस्वास्थ्य अस्पतालले आफ्नो सेवा सञ्चालनको एक दशक पूरा गरेको छ।

स्थापनाको प्रारम्भिक चरणमै महाभूकम्प, त्यसपछिको नाकाबन्दी र पछि कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिलाई सामना गर्दै अघि बढेको यस अस्पतालले १० वर्षको अवधिमा १८ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ। अस्पतालको तथ्यांकअनुसार यस अवधिमा १० हजार ९७७ जना सशुल्क तथा ७ हजार २१० जना निःशुल्क गरी कुल १८ हजार १८७ बिरामीको उपचार सफलतापूर्वक गरिएको हो।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अस्पतालले दुर्गम र आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी पनि दिएको छ।

दशौँ वार्षिकोत्सवका अवसरमा अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले जारी गरेको विज्ञप्तिमा बिरामीको भरोसा, स्वास्थ्यकर्मीहरूको निष्ठा तथा सहयोगी संस्थाहरूको साथ नै संस्थाको मुख्य आधार भएको उल्लेख गरेका छन्।

सुस्वास्थ्य अस्पताल विसं २०५६ सालमा स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रको विस्तारित स्वरूपका रूपमा विकास भएको हो। प्रारम्भिक चरणमा आधारभूत पूर्वाधार तयार गर्दै हाडजोर्नी, नसा, कम्मर तथा गर्दन दुखाइ, घुँडाको समस्या, प्यारालाइसिस र माइग्रेनजस्ता रोगको उपचारबाट सेवा सुरु गरिएको थियो।

एक दशकको यात्रामा अस्पतालले आफ्नो सेवाको गुणस्तर र प्रभावकारितालाई प्रमाणित गर्दै आएको जनाइएको छ। पछिल्ला वर्षहरूमा ताइवानका विश्वविद्यालयहरूसँग सहकार्य, विदेशी इन्टर्नसिप कार्यक्रम, तालिम तथा आधुनिक विशेषज्ञ सेवाको विस्तारले संस्थालाई थप सुदृढ बनाएको अध्यक्ष बस्नेतले बताएका छन्।

हाल ३४ जना दक्ष जनशक्तिको टोलीद्वारा सञ्चालित सुस्वास्थ्य अस्पताल प्राकृतिक उपचारप्रतिको विश्वास, मानवीय संवेदना र निरन्तर सेवाको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती
Next article मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web