• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आँखा शिविरबाट झण्डै पाँच सय लाभान्वित

June 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आँखा शिविरबाट झण्डै पाँच सय लाभान्वित

भीमदत्तनगर, १२ असारः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा शनिबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ४८३ जना लाभान्वित भएका छन् ।
शुक्लाफाटा नगरपालिका–१२ को आयोजना र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको एक दिवसीय आँखा शिविरमा १६१ जना पुरुष र ३२१ जना महिला गरी ४८३ जनाले सेवा लिएको वडा नं १२ का अध्यक्ष वाले रानाले बताउनुभयो ।
शारीरिक तथा सामाजिक रुपमा समस्यामा रहेका ज्येष्ठ नागरिक, एकल महिला र अपांगतालाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको आँखा शिविरमा ४० वर्ष भन्दा बढी उमेर भएका सेवाग्राहीको संख्या बढी रहेको थियो ।
शिविरमा सेवा लिनेमध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल जान नसकेका र मोतिबिन्दुको कारणले दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका रोगीले पनि सेवा पाएको वडाध्यक्ष रानाको भनाइ छ । जटिल खालका बिरामीको गेटा आँखा अस्पताल कैलालीमा निःशुल्क शल्यक्रियासमेत गरिने अध्यक्ष रानाले जानकारी दिनुभयो ।
शिविरमा उपस्थित अधिकांश बिरामीले गाउँघरमै सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरणको सुविधा समेत उपलब्ध गराइएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सुरु
Next article हङकङका नेपालीले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131675
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web