• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहरी स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण–सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुग्ने विश्वास

July 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहरी स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण–सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुग्ने विश्वास

पोखरा, ४ साउनः पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ को शहरी स्वास्थ्य केन्द्रको रु ८९ लाखको लागतमा पक्की भवन निर्माण सम्पन्न भएको छ ।
बिरुवा फाँटको बीचभाग पिपलतरा मार्गमा रहेको लगभग पाँच रोपनी सार्वजनिक जग्गामा जिल्ला जनस्वास्थ्य कार्यालयको रु ४१ लाख र महानगरपालिकाको रु ४८ लाखको लागतमा सो भवन निर्माण सम्पन्न गरिएको हो ।
विगत लामो समयदेखि पार्दी विरौटा स्थित वडा कार्यालयको भवनबाटै प्रदान गर्दै आएको स्वास्थ्य सेवा आजदेखि उक्त नवनिर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले आज आयोजित एक कार्यक्रमबीच स्वास्थ्य सेवाको शुभारम्भ गर्दै केन्द्र सञ्चालन पश्चात् यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शहरी स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीले स्वास्थ्य चौकी भवन निर्माणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा आवश्यकताअनुसार भौतिक संरचना निर्माण गरी सुविधा विस्तार गर्दै जाने उल्लेख गर्नुभयो ।
सो केन्द्रबाट हाल नेपाल सरकारले तोकेका ३७ प्रकारका औषधि निःशुल्क प्रदान गर्नाका साथै खोप, पोषण, बालस्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोगलगायतका विभिन्न सुविधा उपलब्ध गराउँदै आएको केन्द्र प्रमुख निर्मला आचार्यले जानकारी दिनुभयो ।
भवन निर्माण समितिका अध्यक्ष भगवान पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, महाशाखा प्रमुख हेमन्त पौडेल, वडा सचिव प्रजापति बराललगायतले शहरी स्वास्थ्य केन्द्रमा थप सेवा सुविधाका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।
सो स्वास्थ्य केन्द्र भवन सञ्चालनसँगै सेवाग्राहीलाई यातायातको सुविधा पु¥याउनाका साथै चिकित्सक सहित प्रयोगशालाको व्यवस्था हुनुपर्ने स्थानीय बासिन्दाको सामूहिक धारणा रहेको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित
Next article जिल्लामा रगतको अभाव –वर्षेनी ब्लडको माग बढ्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132562
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web