• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनस्वास्थ्य विधेयक–२०७५ स्वीकृत–‘आधारभूत स्वास्थ्य सेवाको हक’

August 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनस्वास्थ्य विधेयक–२०७५ स्वीकृत–‘आधारभूत स्वास्थ्य सेवाको हक’

हेल्थ टुडे,
काठमाडौँ, ६ भदौः प्रतिनिधि सभाको मंगलबारको बैठकमा ‘जनस्वास्थ्य विधेयक–२०७५’ प्रस्तुत भएको छ ।
संविधानमा ‘प्रत्येक जनतालाई आधारभूत स्वास्थ्य सेवाको हक’ हुनेछ भन्ने व्यवस्था गरिएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो विधेयकलाई बैठकमा पेश गर्नुभएको हो ।
विधेयकको सैद्धान्तिक छलफल माथि भाग लिँदै पूर्वस्वास्थ्यमन्त्री एवं सांसद खगराज अधिकारीले विशिष्ट व्यक्ति देश बाहिर उपचार गर्न जाँदा आफ्नै खर्चले जाने व्यवस्था गर्नुपर्छ भन्नुभयो ।

पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगनकुमार थापाले स्वास्थ्य सेवामा पहुँच मात्र होइन, गुणस्तरमा ध्यान दिन, जनस्वास्थ्य मैत्री वातावरण बनाउन, उपचारको प्रोटोकल सबै रोगमा पु¥याउन र विशेष सेवामा साझेदारी कार्यक्रम ल्याउने गरी विधेयक आउनुपर्ने बताउनुभयो ।
सांसद शेरबहादुर तामाङले अधिकाँश जिल्ला अस्पतलामा विशेषज्ञ चिकित्सक पु¥याउन नसकिएको अवस्थामा ऐनले ढोका खुला गराएको छ भन्नुभयो ।
सांसद लक्ष्मी परियारले नम्र स्वभावको स्वास्थ्य सेवा कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताउनुभयो ।
सांसद प्रेम सुवालले वीर अस्पतालस्थित उच्च पदाधिकारी उपचार कक्ष किन स्थापना गरिएको भन्ने प्रश्न गर्दै निःशुल्क वितरण गरिने औषधि गुणस्तरयुक्त हुनुपर्ने सुझाव दिनुभयो ।
सांसद अञ्जना विसंखे, आशाकुमारी विक, पुष्पा भुषाल गौतम, गजेन्द्रबहादुर महत, शान्तिमाया तामाङ, प्रमोद यादव र रेखाकुमारी झाले विधेयकको सैद्धान्तिक छलफलमाथि भाग लिनुभएको थियो ।

सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय जनस्वास्थ्य नीति बनाउन, स्वास्थ्य बीमा र आकस्मिक स्वास्थ्य कोषलाई विधेयकमा प्रभावकारी बनाइएको वताउनुभयो ।
सांसद पद्म गिरीले स्वस्थ्य नागरिकबाट मात्र समृद्ध नेपालको निर्माण हुने बताउँदै पैसा नभएका कारण उपचार गर्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय विधेयकले राखेको धारणा व्यक्त गर्नुभयो ।
सांसद नवराज सिलवालले आधारभूत स्वास्थ्यलाई निःशुल्क गर्न विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले जनताको जीवन र आयुलाई लामो बनाउन सरकार र समुदायको महत्वपूर्ण भूमिका हुने जानकारी दिनुभयो ।
उहाँले रोग लाग्ने कारकत्व पानी, खाना, वातावरणलाई सुधार एवं व्यवस्थित गर्न सरकारको ध्यान जाने चर्चा गर्दै स्वास्थ्य बीमाको माध्यमबाट सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउने पनि बताउनुभयो ।
उपप्रधानमन्त्री यादवले निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विधेयक आएको जानकारी दिनुभयो ।
बैठकले जनस्वास्थ्य विधेयक–२०७५ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य संस्थामा सुधार गरिनेः राज्यमन्त्री यादव
Next article प्रधानमन्त्रीद्धारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web