• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

महाकाली अञ्चल अस्पतालको त्यो अविस्मरणीय घटना

August 26th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महाकाली अञ्चल अस्पतालको त्यो अविस्मरणीय घटना

 डा. दीपेन्द्ररमण सिंह,

मैले सर्पको टोकाइको उपचार गर्न सुरु गरेको बेलैमा मेरो जीवनको एउटा अविस्मरणीय घटना घट्यो । म त्यतिबेला महाकाली अञ्चल अस्पतालमा कार्यरत थिएँ । मेडिकल सुपरिटेन्डेन्ट भएको नाताले मैले अस्पतालको टेक्निकल कार्यमात्र नभएर प्रशासनिक काम पनि गर्नुपर्दथ्यो । चैत्र, वैशाख र जेठको अति नै गर्मी दिन पार गरिसकेको भए तापनि महेन्द्रनगरमा असार महिनाको त्यो दिन त्यस किसिमको गर्मी कहिल्यै भएको थिएन । त्यस दिन पनि एकदमै व्यस्त दिनको काम सकेर म एकछिन सोफामा ढल्की रहेको थिएँ, जोडले ढोकाको घन्टी बज्न थाल्यो । एकजना कार्यालय सहयोगी अचम्म गरी अगाडि ढोकामा उभिएको रहेछ । यो एकदमै अचम्मको घटना थियो मेरो लागि । विषाक्त सर्पको टोकाइबाट पीडित दुईजना बिरामीहरू ल्याइएका रहेछन् । म हतारिएर इमरजेन्सी कक्षमा गएँ, त्यहाँ ती दुई बिरामीहरूलाई स्वास्थ्यकर्मीहरूले घेरिरहेका थिए । ती दुवै बिरामी एकै परिवारका थिए र सायद एउटै सर्पले टोकेको हुनुपर्छ ।

परिवारजन अति नै डराएको अवस्थामा थिए र केही भन्न पनि सकेका थिएनन् । उनीहरूले आफ्नो परिवारको ज्यान जोगाउन र जति सक्दो राम्रो स्वास्थ्य सेवा दिनको लागि बिन्ती गरे । मेरा सहकर्मीहरूले सधैझंै उनीहरूलाई उपचारका फाइदा बेफाइदाको महत्वको बारेमा बुझाउन थाले । उनीहरूले हाम्रो उपचार पद्धति माने र हामी माथि विश्वास राखेर गए । ती दुवैजना बिरामी चौधरी परिवारका थिए । बूढी हजुरआमा ६५ वर्षको र नाति १० वर्षका थिए । ती केटा होसमा नै थिए र मैले मेरा एकजना सिनियर सहकर्मी र दुईजना असिस्टेन्टलाई उनलाई हेर्न लगाएर आफू ती जटिल स्थितिमा भएकी बूढी महिलालाई हेर्नतिर लागेँ । उनी ज्यादै पीडामा देखिन्थिन् र शायद विषको असर श्वासनलीसम्म पुगिसकेको थियो ।

भाग्यवश भर्खरै एउटा पल्स अक्सिमिटर अस्पतालमा ल्याइएको थियो जसले गर्दा हामीले अक्सिजनको सेचुरेसन लेवल नाप्यौ । निकै प्रयासपछि सेचुरेसन लेबल घट्न थाल्यो । हामीले बिरामीको परिवारलाई सबै कुरा बुझाएरमात्र इन्टुबेसन गर्ने सल्लाह ग¥यौं । मेरा जुनियर सहकर्मीहरू त्यति निश्चिन्त त थिएनन् तर पनि मेरो उपचार विधिलाई अपनाए । सानो केटो जसलाई वार्डमा राखिएको थियो उसलाई पनि सास फेर्न गाह्रो हुन थाल्यो र इन्टुबेसनको आवश्यकता प¥यो । यसरी एकै पटक पालैपालो सर्पको टोकाइलाई इन्टुबेसन गरिएको पहिलो पटक थियो । यिनलाई चार घन्टासम्म लगातार हेरिरह्यौं र तत्पश्चात विस्तारै श्वासप्रश्वासमा केही सुधार देखिन थाल्यो । हामीलाई पनि अब बाँकी एन्टिस्नेक भेनमले नै काम गर्छ भन्ने विश्वास भयो । यस प्रक्रियाद्वारा उपचार यस ठाउँमा गर्नलाई हामी डराइरहेका थियौ तर ज्यान बचाउन सकेकोमा हामी धेरै खुसी थियांै ।

बूढीआमालाई बाहिर इमरजेन्सीमा राखेर लगातार इमरजेन्सीका स्वास्थ्यकर्मीहरू लागिपरेका थिए । सवैजना यसको परिणाम के होला भनेर डराइरहेका थिए । मलाई पनि यसको निदान के होला भन्ने लागिरहेको थियो । त्यसैले म नजिकै इमरजेन्सी कक्षमा नै आराम गरे अनि के कस्तो भइरहेछ भनेर समयसमयमा हेरिरहेँे । केही समयपश्चात बूढीआमाको स्वास्थ्यमा सुधार आए पनि श्वासप्रश्वासमा भने समस्या आइरहेको थियो । बिहानको ४ बजेतिर ड्युटीमा भएको डाक्टरले मलाई इन्टुबेसनको लागि सल्लाह लिन आउनुभयो । हामीले नली बाहिर निकाल्यौ तर उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । फेरि इन्टुबेसन ग¥र्याैं तर हामीलाई धेरै आशा लागेन । बिहानको ७ः३० बजेतिर बूढीआमा सजिलै सास फर्कै हुनुहुन्थ्यो । यस पटक हामीले नली बाहिर निकालेनौ, नलीमार्फत नै सास फेर्न दियौ । विस्तारै उनको स्वास्थ्यमा सुधार आउँदै गएपछि हामीले अक्सटुबेट ग¥र्यौं । लगातार उपचार गरिरह्यौं र अझ सुधार आउँदै गयो ।

अर्को दिन त हाम्रो लागि धेरै नै महत्वपूर्ण दिन थियो । हामीले दुईवटा सर्पको टोकाइको रातभरि उपचार गरी ज्यान जोगाएका थियौ । म त्यस दिन धेरै थाकेको भए पनि मलाई धेरै खुसी लागेको थियो किनकि हामीले अरूको ज्यान जोगाउनमा सफलता हासिल गरेका थियौं । बिहानको राउन्डमा त्यो सानो केटो अलिकति होसमा आइसकेको थियो र न्युरोटोक्सिनको असर पनि विस्तारै हराउँदै थियो । अर्कोतर्फ बूढीआमालाई अझै रिंगटा लागिरहेको थियो तर रातिभन्दा धेरै होसमा आइसकेकी थिइन् । उनका परिवार, खासगरी सानो केटाको आमा र बूढीआमाको कान्छो छोरा निक्कै नै हर्षित देखिन्थे । उनीहरूको उज्यालो अनुहारले पनि हाम्रो मनमस्तिष्कमा राम्रो असर छोड्यो । आशा छ, यस ठाउँका मान्छेहरूका लागि अरू राम्रो सेवा दिन अब आउँदा दिनहरूमा पनि यस घटनाले गर्दा हामीलाई अझ थप बल प्रदान गर्नेछ ।

( डा. सिंह स्वास्थ्य मन्त्रालय अन्तर्गत गुणस्तर मापन तथा नियमन महासाखाका निर्देशक हुन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सोलुखुम्बुमा अत्याधुनिक एम्बुलेन्स संचालनमा
Next article एप्पोन कप फुटवलको उपाधि एप्पल फर्मास्विटिकल्सलाई

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131548
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web