• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

महाकाली अञ्चल अस्पतालको त्यो अविस्मरणीय घटना

August 26th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महाकाली अञ्चल अस्पतालको त्यो अविस्मरणीय घटना

 डा. दीपेन्द्ररमण सिंह,

मैले सर्पको टोकाइको उपचार गर्न सुरु गरेको बेलैमा मेरो जीवनको एउटा अविस्मरणीय घटना घट्यो । म त्यतिबेला महाकाली अञ्चल अस्पतालमा कार्यरत थिएँ । मेडिकल सुपरिटेन्डेन्ट भएको नाताले मैले अस्पतालको टेक्निकल कार्यमात्र नभएर प्रशासनिक काम पनि गर्नुपर्दथ्यो । चैत्र, वैशाख र जेठको अति नै गर्मी दिन पार गरिसकेको भए तापनि महेन्द्रनगरमा असार महिनाको त्यो दिन त्यस किसिमको गर्मी कहिल्यै भएको थिएन । त्यस दिन पनि एकदमै व्यस्त दिनको काम सकेर म एकछिन सोफामा ढल्की रहेको थिएँ, जोडले ढोकाको घन्टी बज्न थाल्यो । एकजना कार्यालय सहयोगी अचम्म गरी अगाडि ढोकामा उभिएको रहेछ । यो एकदमै अचम्मको घटना थियो मेरो लागि । विषाक्त सर्पको टोकाइबाट पीडित दुईजना बिरामीहरू ल्याइएका रहेछन् । म हतारिएर इमरजेन्सी कक्षमा गएँ, त्यहाँ ती दुई बिरामीहरूलाई स्वास्थ्यकर्मीहरूले घेरिरहेका थिए । ती दुवै बिरामी एकै परिवारका थिए र सायद एउटै सर्पले टोकेको हुनुपर्छ ।

परिवारजन अति नै डराएको अवस्थामा थिए र केही भन्न पनि सकेका थिएनन् । उनीहरूले आफ्नो परिवारको ज्यान जोगाउन र जति सक्दो राम्रो स्वास्थ्य सेवा दिनको लागि बिन्ती गरे । मेरा सहकर्मीहरूले सधैझंै उनीहरूलाई उपचारका फाइदा बेफाइदाको महत्वको बारेमा बुझाउन थाले । उनीहरूले हाम्रो उपचार पद्धति माने र हामी माथि विश्वास राखेर गए । ती दुवैजना बिरामी चौधरी परिवारका थिए । बूढी हजुरआमा ६५ वर्षको र नाति १० वर्षका थिए । ती केटा होसमा नै थिए र मैले मेरा एकजना सिनियर सहकर्मी र दुईजना असिस्टेन्टलाई उनलाई हेर्न लगाएर आफू ती जटिल स्थितिमा भएकी बूढी महिलालाई हेर्नतिर लागेँ । उनी ज्यादै पीडामा देखिन्थिन् र शायद विषको असर श्वासनलीसम्म पुगिसकेको थियो ।

भाग्यवश भर्खरै एउटा पल्स अक्सिमिटर अस्पतालमा ल्याइएको थियो जसले गर्दा हामीले अक्सिजनको सेचुरेसन लेवल नाप्यौ । निकै प्रयासपछि सेचुरेसन लेबल घट्न थाल्यो । हामीले बिरामीको परिवारलाई सबै कुरा बुझाएरमात्र इन्टुबेसन गर्ने सल्लाह ग¥यौं । मेरा जुनियर सहकर्मीहरू त्यति निश्चिन्त त थिएनन् तर पनि मेरो उपचार विधिलाई अपनाए । सानो केटो जसलाई वार्डमा राखिएको थियो उसलाई पनि सास फेर्न गाह्रो हुन थाल्यो र इन्टुबेसनको आवश्यकता प¥यो । यसरी एकै पटक पालैपालो सर्पको टोकाइलाई इन्टुबेसन गरिएको पहिलो पटक थियो । यिनलाई चार घन्टासम्म लगातार हेरिरह्यौं र तत्पश्चात विस्तारै श्वासप्रश्वासमा केही सुधार देखिन थाल्यो । हामीलाई पनि अब बाँकी एन्टिस्नेक भेनमले नै काम गर्छ भन्ने विश्वास भयो । यस प्रक्रियाद्वारा उपचार यस ठाउँमा गर्नलाई हामी डराइरहेका थियौ तर ज्यान बचाउन सकेकोमा हामी धेरै खुसी थियांै ।

बूढीआमालाई बाहिर इमरजेन्सीमा राखेर लगातार इमरजेन्सीका स्वास्थ्यकर्मीहरू लागिपरेका थिए । सवैजना यसको परिणाम के होला भनेर डराइरहेका थिए । मलाई पनि यसको निदान के होला भन्ने लागिरहेको थियो । त्यसैले म नजिकै इमरजेन्सी कक्षमा नै आराम गरे अनि के कस्तो भइरहेछ भनेर समयसमयमा हेरिरहेँे । केही समयपश्चात बूढीआमाको स्वास्थ्यमा सुधार आए पनि श्वासप्रश्वासमा भने समस्या आइरहेको थियो । बिहानको ४ बजेतिर ड्युटीमा भएको डाक्टरले मलाई इन्टुबेसनको लागि सल्लाह लिन आउनुभयो । हामीले नली बाहिर निकाल्यौ तर उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । फेरि इन्टुबेसन ग¥र्याैं तर हामीलाई धेरै आशा लागेन । बिहानको ७ः३० बजेतिर बूढीआमा सजिलै सास फर्कै हुनुहुन्थ्यो । यस पटक हामीले नली बाहिर निकालेनौ, नलीमार्फत नै सास फेर्न दियौ । विस्तारै उनको स्वास्थ्यमा सुधार आउँदै गएपछि हामीले अक्सटुबेट ग¥र्यौं । लगातार उपचार गरिरह्यौं र अझ सुधार आउँदै गयो ।

अर्को दिन त हाम्रो लागि धेरै नै महत्वपूर्ण दिन थियो । हामीले दुईवटा सर्पको टोकाइको रातभरि उपचार गरी ज्यान जोगाएका थियौ । म त्यस दिन धेरै थाकेको भए पनि मलाई धेरै खुसी लागेको थियो किनकि हामीले अरूको ज्यान जोगाउनमा सफलता हासिल गरेका थियौं । बिहानको राउन्डमा त्यो सानो केटो अलिकति होसमा आइसकेको थियो र न्युरोटोक्सिनको असर पनि विस्तारै हराउँदै थियो । अर्कोतर्फ बूढीआमालाई अझै रिंगटा लागिरहेको थियो तर रातिभन्दा धेरै होसमा आइसकेकी थिइन् । उनका परिवार, खासगरी सानो केटाको आमा र बूढीआमाको कान्छो छोरा निक्कै नै हर्षित देखिन्थे । उनीहरूको उज्यालो अनुहारले पनि हाम्रो मनमस्तिष्कमा राम्रो असर छोड्यो । आशा छ, यस ठाउँका मान्छेहरूका लागि अरू राम्रो सेवा दिन अब आउँदा दिनहरूमा पनि यस घटनाले गर्दा हामीलाई अझ थप बल प्रदान गर्नेछ ।

( डा. सिंह स्वास्थ्य मन्त्रालय अन्तर्गत गुणस्तर मापन तथा नियमन महासाखाका निर्देशक हुन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सोलुखुम्बुमा अत्याधुनिक एम्बुलेन्स संचालनमा
Next article एप्पोन कप फुटवलको उपाधि एप्पल फर्मास्विटिकल्सलाई

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132745
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web