हेल्थ टुडे,
काठमाडौं, १० असोज : नेपाल परिवार नियोजन संघले प्रति वर्ष ६० लाख नेपालीलाई परिवार नियोजन सेवा उपलब्ध गराउने उद्घोषका साथ आफ्नो ६० औं बार्षिकोत्सव अभियान सुभारम्भ गरेको छ । ६० औं बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष छत्रबहादुर गिरीले संघले आउँदो वर्ष गर्ने कार्यक्रम सहित संघले बिगतमा गरेको प्रगति पुस्तिका ( एडभोकेसी टुल ) विमोचन गरेका हुन । ६० वर्षको निरन्तरता, ६० वर्षको प्रतिवद्घता, ६० लाख जनतालाई प्रतिवर्ष सेवा, ६० लाख डलर प्रतिवर्ष आय र ६० भन्दा बढी दातृ निकायसंगको सहकार्य सहितको प्रतिबद्घता पुस्तिकामा उल्लेख गरिएको छ । ‘परिवार नियोजनका साधनमा लागनी वृद्घि, हुन्छ राष्टको समृद्घि’ मूल नाराका साथ संघले आफ्नो ६० औं बार्षिकोत्सव मनाउदै छ । कार्यक्रममा संघका अध्यक्ष गिरीले ५० प्रतिसत महिलाको प्रतिनिधित्व गराउने संघ नेपालमा पहिलो संस्था भएको दावी गर्दै महिलाको समान सहभागिता बिना परिवार नियोजनका कुनै पनि कार्यक्रम सफल नहुने भएकाले संघले यो तथ्यलाई आत्मसाथ गरेको बताए ।
संघका महानिर्देशक केपी बिष्टले संघको ६० औं बार्षिकोत्सवको लागो बिमोचन गर्दै संघले नेपालमा परिवार नियोजन भनेकै परिवार नियोजन संघको भन्ने मान्यता सर्वसाधारणमा स्थापित गर्न सफल भएको बताउदै यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा अझै धेरै गर्न बाकी रहेकाले भविश्यमा अझ प्रभावकारी कार्यक्रमका साथ अगाडि बढ्नेमा जोड दिए । सानो परिवार, खुशी परिवार भन्ने अवधारणाका साथ संघले आगामी वर्ष बढी भन्दा बढी श्रोत परिचालनमा ध्यान दिने विष्टले बताए । संघका महासचिव रविन कोइरालाले संघले सरकारका तिन वटै तहसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । संघले देशका ३७ जिल्लामा आफ्ना साखा मार्फत परिवार नियोजन सहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गरिरहेको छ । देशको कुल जनसंख्यामध्ये करिव १ करोड जनसंख्यालाई परिवार नियोजन सेवा प्रदान गर्ने गरेको संघको दाबी छ । राष्टिय कार्यक्रममा संघले १९ प्रतिसत परिवार नियोजन सेवा, १७ प्रतिसत सुरक्षित गर्भपतन सेवा र २८ प्रतिसत परिवार नियोजन क्षमता अभिवृदिमा योगदान दिएको संघले उल्लेख गरेको छ ।
Leave a Reply