• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एचआईभीमा आफु खुशी रिसर्च गर्न एनजिओ र आईएनजिओलाई रोक 

December 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एचआईभीमा आफु खुशी रिसर्च गर्न एनजिओ र आईएनजिओलाई रोक 

हेल्थ टुडे,

काठमाडौ, २१ मंसिर :  एचआईभी र एड्सका क्षेत्रका कार्यरत एनजिओ र आईएनजीओहरुले अब आफु खुशी अध्ययन, अनुसन्धान र सर्वेक्षण गर्न नपाउने भएका छन् । आफु खुशी अध्ययन, अनुसन्धान र सर्वेक्षण गरेर आफु अनुकुल नतिजा सार्वजनिक गर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई त्यसो गर्न रोक लगाएको हो । अब एचआईभी र एड्सका क्षेत्रका हुने कुनै पनि अध्ययन, अनुसन्धान र सर्वेक्षण स्वास्थ्य अनुसन्धान परिषद्को अनुमती र संलग्नतामा मात्र हुने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. शुशिल प्याकुरेलले एचआईभी र एड्सका क्षेत्रमा हुने अध्ययन, अनुसन्धान र सर्वेक्षणको विश्वसनियता र सरकारको स्वामित्व स्थापित गर्न स्वास्थ्य अनुसन्धान परिषद्को सहमती हुनु पर्ने बताए । उनले भने, ‘यसका बिषयमा तत्काल कदम चाल्न एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलाई निर्देशन दिइसकेको छु । ’  स्वास्थ्य क्षेत्रमा हुने अध्ययन, अनुसन्धानको आधिकारिक निकाय स्वास्थ्य अनुसन्धान परिषद् भएकाले उसको संलग्नता आवश्यक देखिएकोले छिटोभन्दा छिटो कार्यविधि बनाएर लागु गर्न केन्द्रका निर्देशक डा. तारा पोखरेललाई मन्त्रालयले निर्देशन दिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका सल्लाहकार डा. केके राईले बताए । एचआईभी संक्रमितको संख्या, संक्रमण दर, जोखिममा रहेका समूह,एड्सका कारण हुने मृत्यु, औषधि सेवनक्रताको संख्या, यौनकर्मीको संख्या लगायतका अधिकांश अध्ययन, अनुसन्धान र सर्वेक्षण एनजिओ र आईएनजिओले गर्ने गरेका छन् ।

आफु खुशी र आफ्नो अनुकुल नतिजा ल्याएपछि त्यसको सार्वजनिक गर्न मात्र एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अधिकारीलाई सहभागी गराइने प्रचलन छ । सरकारी अधिकारीले पनि भत्ता र भ्रमणको लोभमा साक्षी बस्ने र त्यही तथ्यांकलाई आधिकारिक मान्दै आइरहेको केन्द्रका अधिकारी बताउछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ३१ हजार २० एचआईभी संक्रमित रहेको अनुमान छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. पौडेल अख्तियारको फन्दामा
Next article नेपाल फिजियोथेरापी संघमा नयाँ नेतृत्व

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131756
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web