• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

October 9th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हृल्थ टुडे,
काठमाडौं, २३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पुर्व उपकुलपति प्रा.डा.संगिता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । चार वर्ष पहिले उनी उक्त प्रतिष्ठानको उपकुलपति थिइन । डा. भण्डारी माथि कम गुणस्तरको एमआरआई मेसिन खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप छ ।
आयोगले उनीहरूविरुद्ध कैद र विगो जरिवाना सजाय मागदाबी गरेको छ । अख्तियारले भण्डारीसहित प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन आर्थिक व्यवस्थापक कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी लगायत विरुद्ध कैद र विगो जरिवाना सजाय मागदाबी गरेको छ ।
यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत श्रीराम चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका आईटी अफिसर हिरालाल भण्डारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिभिल इन्जिनियर मदन भण्डारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारका अनुसार भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा थप राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन वरिष्ठ सहायक अञ्जु शर्मा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन वायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीको मुख्य भई काम गर्ने अध्यक्ष पोष्टराज ज्ञवाली समेत रहेका छन् । डा. भण्डारीको कार्यकाल सकिएपछि नियुक्त भएका उपकुलपतिलाई डा. संगीताकै पालामा गएको घाटा पूर्ति गर्न हम्मे हम्मे गरेको थियो । डा. संगीताले उपकुलपति छदा दिउँसै कार्यालयमै बसेर मदिरा सेवन गर्ने र अनावश्यक खर्च गरेर त्यसको बील प्रतिष्ठानको क्यान्टिनलाई पठाउने गरेको त्यहाँ कार्यरत कर्मचारीले बताए । मदिराका बिल प्रतिष्ठानबाट भुक्तानी नमिल्ने भए पनि उनले दिनमै ५० किलो प्याज र १० किलो हरियो खुर्शानीको विल बनाएर पास गर्ने गरेकी थिइन । डा. भण्डारी त्यो भन्दा पहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पनि बस्दा समेत विबादमा तानिएकी थिइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त
Next article घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web