• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सामुदायिक स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण अभियान सुरु

March 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सामुदायिक स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण अभियान सुरु

हेल्थ टुडे,
डोटी,२५ फागुनः सुदूरपश्चिम प्रदेशमै पहिलो पटक डोटी जिल्लाको केआईसिंह गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण अभियान सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न गाउँपालिकाले निःशुल्क स्वास्थ्य परिक्षण अभियान सुरु गरेको हो ।

केआईसिंह गाउँपालिकाको वडा नम्बर ५ कमलकट्टे स्थित भूवनेश्वर माविका विद्यार्थीहरुको डा.राजु गुरुङको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण सुरु गरेको छ । केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बुधबार विद्यार्थीहरुलाई जुकाको औषधी खुवाएर अभियानको उद्घाटन गरेका थिए ।

गाउँपालिकालाई स्वास्थ्य परिक्षण गर्न नीतिगत व्यवस्था र बजेट बिनियोजन गर्न डोटीमा कार्यरत गैर सरकारी संस्था एफएमडिसीद्वारा संचालित पारस्परीक जवाफदेहिता परियोजनाले पैरबी गरेको थियो । चालु आर्थिक वर्षमा केआईसिंह गाउँपालिका–५ स्थित चारवटा सामुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण गर्न गाउँपालिकाले बजेट बिनियोजन गरेको छ भने आगामी आर्थिक वर्षबाट गाउँपालिकाभरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसबाहेक गाउँपालिकाले आँखा कमजोर भएका विद्यार्थीहरुलाई चश्मा तथा महिनावारी भएका छात्राहरुका लागि सेनटरी प्याड समेत हस्तान्तरण गरेको छ । सामुदायिक विद्यालयलाई प्राथमिक उपचार सामाग्री भएको किटबक्स समेत बितरण गरिएको गाउँपालिकाले जनाएको छ । भूवनेश्वर माविमा गरिएको स्वास्थ्य परिक्षणमा विद्यार्थीको तौल, उचाई नाप्नुका साथै उनीहरुको कान, नाक, दाँतलगायत परिक्षण गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १२ वर्षकी बालिकाले जन्माइन बच्चा, आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य
Next article नेपालमा विदेशी औषधिको रजाइँ, औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ बाहिँरिदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web