• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले गरे मरणोपरान्त अंगदान

March 14th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले गरे मरणोपरान्त अंगदान

हेल्थ टुडे,

भक्तपुर, ३० फागुन : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र राज्यमन्त्री डा. सुरेन्द्र यादवले मरणोपरान्त अंगदान घोषणा गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिहीबार आयोजनामा प्रत्यारोपण खेलकुद तथा मिर्गौला सचेतना कार्यक्रममा मन्त्री र राज्यमन्त्रीले मरणोपरान्त अंगदान गरेको घोषणा गरेका हुन् । मन्त्री र राज्यमन्त्रीलाई आरोग्य फाउण्डेसनका कार्यकारी सदस्य एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दान गरेको प्रमाणपत्र प्रदान गरेका हुन ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवले पछिल्ला वर्षहरुमा मिर्गौला, मुटु, क्यान्सर लगायतका नसर्ने रोगको संक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यी रोगहरु लागेपछि उपचारमा ठूलो धनरासी खर्च गर्नुको सट्टा जनचेतना मार्फत रोग लाग्नै नदिने उपायमा लाग्न जोड दिए । सरकारले अस्पताल बनाएर र डाक्टर थपेर मात्र नसर्ने रोगको संक्रमण कम गर्न नसकिने जिकीर गर्दै मन्त्री यादवले सचेतना जगाउने काममा सबैको सहकार्य हुनु पर्ने बताए ।  राज्यमन्त्री डा. यादवले सरकारले मिर्गौलाका विरामीका लागि डायलासिस र प्रत्यारोपण दुबै सेवा निःशुल्क भए पनि डायलासिस भन्दा प्रत्यारोपणमा जोड दिनु पर्ने बताए । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिले गरेको अंगदानबाट आठवटा अंग प्रत्यारोपण गर्न सकिने भएकाले अंगदानबाट हजारौ व्यक्तिले नयाँ जिवन पाउने अवस्था रहेको बताए । डा.श्रेष्ठले पछिल्लो एक दशकमा नेपालमा मिर्गौला उपचारको क्षेत्रमा उल्लेखनिय प्रगति भएको जानकारी दिए ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले मरणोपरान्त अंगदान सम्बन्धी जनचेतना जगाउने अभियानमा संघले हातेमालो गरेर अगाडि बढीरहेको र भविश्यमा पनि अभियान जारी रहने बताए । कार्यक्रममा आरोग्य फाउण्डेसनका कार्यकारी सदस्यहरु वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अष्टेलियाका राजदूत, दक्षिण कोरियाका राजदूत लगायतले मिर्गौला बिग्रन नदिन सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए ।

स्वास्थ्य मन्त्री र मिर्गौला प्रत्यारोपीबिचको फुटबल बराबरीमा

सो अवसरमा आयोजनामा गरिएको प्रत्यारोपण खेलकुद अन्तरगत भएको फुटवल प्रतियोगितामा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेतृत्व गरेको टीम र मिर्गौला प्रत्यारोपीहरुबिच भएको मैत्रीपूर्ण फुटबलमा दुबै तर्फबाट एक एक गोल भएर खेल बराबरीमा सकिएको थियो । मन्त्री यादवले नेतृत्व गरेको टीममा राज्यमन्त्री डा. यादव, महजोडी, केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठ, डा. राकेश बर्मा र राजदूतहरु थिए भने अर्को टीममा मिर्गौला प्रत्यारोपण गराएकाहरु थिए । नेपालमा हरेक वर्ष कम्तिमा ३ हजारको मिर्गौला फेल हुने भएको  अनुमान छ । कार्यक्रममा पप गायक दीपक बज्रचार्यले सांगितिक प्रस्तुति पस्केका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्टारको वार्षिकोत्सवमा १० वर्ष सेवा गरेका कर्मचारी सम्मानित
Next article विश्व मिर्गौला दिवसः प्रहरी अस्पतालद्वारा निःशुल्क मिर्गौला परीक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web