• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बिमा कार्यक्रममा महिलाको बढी आकर्षण

April 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बिमा कार्यक्रममा महिलाको बढी आकर्षण

हेल्थ टुडे,
काठमाडौ,२६ चैतः स्वास्थ्य सुरक्षा विकास बोर्डको पछिल्लो तथ्याङ्कले स्वास्थ्य बिमा कार्यक्रममा पुरुष भन्दा महिलाको बढी आकर्षण रहेको देखाएको छ । नेपालमा स्वास्थ्य बिमा सुरु भएको तीन वर्षमा स्वास्थ्य बिमा गराउनेमा महिलाको संख्या बढी देखिएको छ । ३ वर्षको अवधिमा ५८ प्रतिशत महिला र ४२ प्रतिशत पुरुषले सेवा लिएका हुन् ।

सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्डमार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो। बोर्डको तथ्याङ्क अनुसार तीन वर्षमा १५ लाख ७१ हजार ४ सय ८८ जना बिमा कार्यक्रमा आवद्ध भएका छन्। जसमध्ये ५ लाख १२ हजार ८ सय १७ जनाले सेवा लिएका छन्। यसमा अति गरिव ३ लाख २२ हजार १ सय ३४ जना रहेका छन्। बोर्डले दिएको जानकारी अनुसार पछिल्लो समयमा बिमा नविकरण गर्नेहरुको संख्या बढ्दो छ ।

स्वास्थ्य बिमा कार्यक्रम मुलुकका ४२ वटा जिल्लामा बिस्तार भइसकेको र यसलाई बढाउँदै आगामी वर्षसम्म ७७ वटै जिल्लामा बिमा कार्यक्रम बिस्तार गर्ने योजना रहेको नेपाल स्वास्थ्य बिमा वोर्डले जनाएको छ । २५ सय तिरेर बिमा सदस्य बन्ने र ५० हजार बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था गरिएको थियो । अब भने ३५ सय तिरेर बिमा सदस्य बनेर १ लाख बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखा मुनी रहेकालाई ५० प्रतिशतका दरले बिमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ ।

बिमा कार्यक्रममा आवद्ध भएका कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्नुका साथै सरकारले तोकेको निःशुल्क औषधी सजिलैसँग प्राप्त गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

तर, कस्मेटिक सर्जरी, कुनै पनि झै–झगडाका कारण लागेको चोटपटक, मादक पदार्थ सेवन गरे पश्चात भएको कुनै पनि दुर्घटना वा चोटपटक, गर्भपतन गराएको खण्डमा भने यस्ता उपचार खर्चलाई बिमाले समेट्न सक्दैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न निषेध
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौ सम्मेलन बुधबारदेखि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131638
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web