• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

August 22nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

हेल्थ टुडे/ रासस
काठमाडौँ, ६ भदौ : चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौता भएको छ ।
मन्त्री नवलकिशोर साह सुडी र सचिव लक्ष्मीकुमारी बस्नेतबिच भएको सम्झौताअनुसार कार्यसम्पादन सम्झौतामा प्रथम त्रैमासिक (२०८२ साउन १ गते देखि असोज ३० गतेसम्म) को अवधिमा सम्पन्न गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो त्रैमासिक र बाँकी अवधिमा गरिने कार्यहरू समावेश गरिएको छ ।
कार्यसम्पादन सम्झौतामा मुख्य गरी दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका शतप्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार, सडक बालबालिकाको उद्धार, पुनस्र्थापना, संरक्षण तथा व्यवस्थापन, बालबालिकाको पारिवारिक पुनर्मिलन तथा उद्धार रहेका छन् । साथै सिंहदरबार र ललितपुरमा सञ्चालित दिवा शिशु स्याहार केन्द्रलाई भक्तपुरसहित अन्य दुई प्रदेशस्तरमा विस्तार गरिने सम्झौतामा उल्लेख छ ।
कानुन निर्माणतर्फ मर्यादित महिनावारी निर्देशिका तयारीका लागि अवधारणा पत्र, लैङ्गिक हिंसा सम्बोधनका लागि एकीकृत कानुन निर्माण, महिलामा लगानी तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण तथा सोसम्बन्धी कार्यक्रमका लागि कार्यविधिलगायत रहेका जनाइएको छ ।
पूर्वाधारतर्फ बाल सुधार गृह, ढकालटार भवन, मङ्गला सहाना पुनःस्थापना केन्द्रको भवन निर्माण, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्थानीय तहको साझेदारी, हिंसा पीडितका लागि सुदूरपश्चिम तथा मधेस प्रदेशमा पुनःस्थापना केन्द्र भवन निर्माण, १५ वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवन निर्माण, नेपाल प्रहरीका कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका पाँच वटा भवन निर्माण कार्यहरू रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । कार्यक्रममा सचिव लक्ष्मीकुमारी बस्नेत र महिला सशक्तीकरण महाशाखा प्रमुख आभा श्रेष्ठ कर्ण, प्रशासन तथा योजना महाशाखा प्रमुख चक्रबहादुर बुढा र सामाजिक समन्वय महाशाखा प्रमुख ज्ञानहरि घिमिरेसँग कार्यसम्पादन सम्झौता भएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान
Next article वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132861
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web