• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तीन दर्जन नयाँ स्वदेशी औषधी कम्पनी सञ्चालनको तयारीमा

July 14th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तीन दर्जन नयाँ स्वदेशी औषधी कम्पनी सञ्चालनको तयारीमा

हेल्थ टुडे,

काठमाडौं, २९ असार : स्वदेशी बजारमा करिव तीन दर्जन औषधि कम्पनी सञ्चालनको तयारीमा रहेका छन् । यी औषधि कम्पनी सञ्चालन गर्न  १५ अर्ब रुपैयाँ लगानी हुनेछ । नेपालमा अहिलेसम्म ५३ वटा औषधि कम्पनीले विभिन्न किसिमका औषधि उत्पादन गर्दैआइरहेका छन् । पछिल्ला दिनमा स्वदेशी औषधि कम्पनीप्रति आम जनताको विश्वास बढ्दै गएपछि औषधि कम्पनी थपिने क्रम बढ्न थालेको हो । नेपाल औषधि उत्पादक संघका अनुसार स्वदेशी औषधि कम्पनीहरुले करिव ३ सय प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छन् । संघका अध्यक्ष दीपक दाहालका अनुसार नेपाली बजारमा बर्षमा करिव ४५ अर्ब रुपैया बराबरको औषधि बिक्रिबितरण हुने गरेको छ । त्यसमध्ये २० अर्व अर्थात करिव ४५ प्रतिसत औषधि स्वदेशमा उत्पादन हुने गरेको छ भने बाकी २५ अर्ब रुपैया बराबरको औषधि भारत लगायत बिदेशबाट आयात गर्नु परिरहेको छ । कम्पनीको संख्या थपिएसँगै घरेलु बजारमा औषधीको आपूर्ति बढेर अस्वस्थ्य प्रतिस्पर्धा समेत बढ्ने अवस्था छ । आधा दर्जन भन्दा बढी औषधी कम्पनी संचलनमा रहेको चितवनमा केभा, रोयल, डिभाइन, एलेक्जर, म्याड्रिट, वेभ, ओमेगा, लाइभ केयर(ह्युमन डिभिजन) फर्मास्युटिकल्स निर्माणाधीन छन् । थप एउटा कम्पनी दर्ताको प्रकृयामा रहेको छ ।

यसैगरी रुपन्देहीमा रुपन्देहीमा लाइका, एटम, सिटिजन, ग्रेस, डेनियल फर्मास्युटिकल्स कम्पनी निर्माणाधीन अवस्थामा छन् । १६ वटा औषधी उद्योग संचालनमा रहेको वीरगंजमा  ग्लोबल, जिओ, प्राइम, एभरेष्ट प्यारेन्टल, निकोन फर्मास्युटिकल्स, काठमाण्डौंमा एरो,आरोन,एकर्ड,सोपान, कास्कीमा पोखरा फर्मास्युटिकल्स र बाँकेमा आइडियल फर्मास्युटिकल्स उद्योगको पूर्वाधार निर्माण भइरहेको छ । निर्माणाधीन २८ उद्योगमा करिब १५ अर्ब रुपैयाँ लगानी  हुँदैछ । यो मध्ये गैर आवासीय नेपालीको लगानीमा निर्माणाधीन ओमेगा श्री,वीरगंजमा निर्माणाधीन एभरेष्ट प्यारेन्टल उद्योगमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर नेपालमै गुणस्तरीय औषधी उत्पादन हुन थालेको अवस्थालाई मध्यनजर गर्दै आत्मनिर्भर भइसकेका औषधीको आयातमा प्रतिबन्ध लगाउने तयारी ०७४ मै शुरू भएपनि कार्यान्वयनमा अएको छैन । सरकार अनिर्णयको बन्दी भइदिंदा निर्णय कार्यान्वयनमा आउन नसकेको अध्यक्ष दाहालको गुनासो छ । आयात निरुत्साहित गर्न २०७४ जेठमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले ३६ प्रकारका अधारभूत औषधीको आयातमा प्रतिबन्ध लगाउने योजना अगाडि सारेका थिए । तर योजना कार्यान्वयनमा भने आउन सकेन । एकै खाले औषधी उत्पादन गर्ने कम्पनीको संख्या थपिंदै जाँदा बजारमा टिक्नको लागी गुणस्तरमा सम्झौता र घाँटी रेट्ने गरी मूल्यमा अस्वस्थ्य प्रतिस्पर्धा हुने संभावना बढ्दै गएको छ ।

स्वदेशी औषधिको बजारमा औषधीको माग र उपभोगको वृद्धि दर आकर्षक छ । संघका अध्यक्ष दाहालका अनुसार यसवर्ष १७ देखि २० प्रतिशतले औषधीको माग वृद्धि हुने अनुमान छ । स्वदेशी औषधिको माग बढ्न थालेपछि नयाँ औषधि कम्पनीको संख्या पनि बढ्दै जान थालेको दाहालको भनाई छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सुरु,तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन
Next article विपद्को समय औषधि तथा अन्य स्वास्थ्य सहयोगको लागि स्वास्थ्य मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web