• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवाका कर्मचारी समायोजनको असरः सुदुरपश्चिम प्रदेश डाक्टरविहिन हुने अवस्था

August 17th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवाका कर्मचारी समायोजनको असरः सुदुरपश्चिम प्रदेश डाक्टरविहिन हुने अवस्था

हेल्थ टुडे,
धनगढी,३२ साउनः स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहीन हुँदै गएका छन् । नवौं, दसौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई पदस्थापन गर्न समेत थालिसकेको छ । सुदुरपश्चिम प्रदेशबाट ११ विशेषज्ञको पदस्थापन अन्य प्रदेशमा भएको छ। अन्यत्रबाट यहाँ एक जना विशेषज्ञ डाक्टर मात्रै पदस्थापन हुने सूची प्रकाशन भएको छ ।

सेती अञ्चल अस्पतालमा कार्यरत डाक्टरहरुको समायोजन पत्र आएको १० दिन नाघिसकेको भएपनि रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पताल नै खाली हुने अवस्था आएपछि रमाना रोकेको अस्पताल प्रशासनले जनाएको छ । तर, २१ दिनभित्र रवाना दिनै पर्ने प्रावधान छ । संघ र प्रदेशको सामाजिक विकास मन्त्रालयमा समायोजन भएकाले अस्पताल डाक्टरविहीन भइरहेको विषयमा पत्र पठाइएको छ ।

सेती अञ्चल अस्पतालमा २४ जनाको दरबन्दीमध्ये समायोजनपछि तीन जना मात्रै बाँकी रहने छन् । ११ औं तहका डाक्टर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.हेमराज पाण्डेय पाण्डेय, १० औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीबाहेकका डाक्टरको सरुवा भइसकेको छ। प्रशासनका अनुसार ११ औं तहका नाक, कान, घाँटी रोग विशेषज्ञ अशोक श्रीपाइली, १० औं तहका फिजिसियन शेरबहादुर कमर, नवौं तहका दिनेश शिवाकोटी, नवौं तहकै होमप्रसाद पन्त र सुरेन्द्र बस्नेतको पदस्थापन भेरी अस्पतालमा भएको छ । १० औं तहका कपिल गौतमको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रमोद जोशीको पदस्थापन कान्ति बाल अस्पताल काठमाडौंमा भएको छ ।

महाकाली अञ्चल अस्पतालमा भने तीन विशेषज्ञ डाक्टर कार्यरत रहेकामा दुई जनाको प्रदेशबाहिर पदस्थापन भएको छ । नवौं तहका शम्भुदक्त जोशीबाहेक नवौं तहकैं हरिकुमार श्रेष्ठ पुल दरबन्दी र १० औं तहका श्रीकृष्ण भट्टको पदस्थापन कान्ति बाल अस्पतालमा भएको छ । अन्तबाट डाक्टर नआउने हो र भएका पनि जाने हो भने महाकाली अञ्चल अस्पतालको पनि सेवा सेवा प्रभावित हुने अवस्था सृजना भएको छ ।

यस्तै, संघीय सरकारमातहत रहेको डडेलधुरा अस्पतालमा भने सबै दरबन्दी रिक्त छन्। मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी मेडिकल अधिकृतले पाएका छन्। नवौं तहका डाक्टर शोभित थापाको पदस्थापन भए पनि उनी ‘असाधारण’ बिदामा बसेका छन। मालाखेती अस्पताल र टीकापुर अस्पतालमा पनि विशेषज्ञ डाक्टरको दरबन्दी छ।

डडेलधुरा अस्पतालबाहेक जिल्लाका अन्य अस्पताल र स्वास्थ्य चौकी प्रदेश तथा स्थानीय सरकारमातहत छन्। यस्तै, बैतडी जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया असिस्टेन्ट खेमराज भट्टको समायोजन डडेलधुराको जोगबुढामा भएसंगै जटिल खालको प्रसूति सेवा (शल्यक्रिया) सेवा बन्द हुने अवस्थामा पुगेको छ ।(अन्नपूर्ण पोष्टबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि तथा विक्री प्रतिनिधि संघको ५० औं बार्षिकोत्सव
Next article अनियमितता भएको गुनासो बढेपछि क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web