• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवाका कर्मचारी समायोजनको असरः सुदुरपश्चिम प्रदेश डाक्टरविहिन हुने अवस्था

August 17th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवाका कर्मचारी समायोजनको असरः सुदुरपश्चिम प्रदेश डाक्टरविहिन हुने अवस्था

हेल्थ टुडे,
धनगढी,३२ साउनः स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहीन हुँदै गएका छन् । नवौं, दसौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई पदस्थापन गर्न समेत थालिसकेको छ । सुदुरपश्चिम प्रदेशबाट ११ विशेषज्ञको पदस्थापन अन्य प्रदेशमा भएको छ। अन्यत्रबाट यहाँ एक जना विशेषज्ञ डाक्टर मात्रै पदस्थापन हुने सूची प्रकाशन भएको छ ।

सेती अञ्चल अस्पतालमा कार्यरत डाक्टरहरुको समायोजन पत्र आएको १० दिन नाघिसकेको भएपनि रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पताल नै खाली हुने अवस्था आएपछि रमाना रोकेको अस्पताल प्रशासनले जनाएको छ । तर, २१ दिनभित्र रवाना दिनै पर्ने प्रावधान छ । संघ र प्रदेशको सामाजिक विकास मन्त्रालयमा समायोजन भएकाले अस्पताल डाक्टरविहीन भइरहेको विषयमा पत्र पठाइएको छ ।

सेती अञ्चल अस्पतालमा २४ जनाको दरबन्दीमध्ये समायोजनपछि तीन जना मात्रै बाँकी रहने छन् । ११ औं तहका डाक्टर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.हेमराज पाण्डेय पाण्डेय, १० औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीबाहेकका डाक्टरको सरुवा भइसकेको छ। प्रशासनका अनुसार ११ औं तहका नाक, कान, घाँटी रोग विशेषज्ञ अशोक श्रीपाइली, १० औं तहका फिजिसियन शेरबहादुर कमर, नवौं तहका दिनेश शिवाकोटी, नवौं तहकै होमप्रसाद पन्त र सुरेन्द्र बस्नेतको पदस्थापन भेरी अस्पतालमा भएको छ । १० औं तहका कपिल गौतमको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रमोद जोशीको पदस्थापन कान्ति बाल अस्पताल काठमाडौंमा भएको छ ।

महाकाली अञ्चल अस्पतालमा भने तीन विशेषज्ञ डाक्टर कार्यरत रहेकामा दुई जनाको प्रदेशबाहिर पदस्थापन भएको छ । नवौं तहका शम्भुदक्त जोशीबाहेक नवौं तहकैं हरिकुमार श्रेष्ठ पुल दरबन्दी र १० औं तहका श्रीकृष्ण भट्टको पदस्थापन कान्ति बाल अस्पतालमा भएको छ । अन्तबाट डाक्टर नआउने हो र भएका पनि जाने हो भने महाकाली अञ्चल अस्पतालको पनि सेवा सेवा प्रभावित हुने अवस्था सृजना भएको छ ।

यस्तै, संघीय सरकारमातहत रहेको डडेलधुरा अस्पतालमा भने सबै दरबन्दी रिक्त छन्। मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी मेडिकल अधिकृतले पाएका छन्। नवौं तहका डाक्टर शोभित थापाको पदस्थापन भए पनि उनी ‘असाधारण’ बिदामा बसेका छन। मालाखेती अस्पताल र टीकापुर अस्पतालमा पनि विशेषज्ञ डाक्टरको दरबन्दी छ।

डडेलधुरा अस्पतालबाहेक जिल्लाका अन्य अस्पताल र स्वास्थ्य चौकी प्रदेश तथा स्थानीय सरकारमातहत छन्। यस्तै, बैतडी जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया असिस्टेन्ट खेमराज भट्टको समायोजन डडेलधुराको जोगबुढामा भएसंगै जटिल खालको प्रसूति सेवा (शल्यक्रिया) सेवा बन्द हुने अवस्थामा पुगेको छ ।(अन्नपूर्ण पोष्टबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अनियमितता भएको गुनासो बढेपछि क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज
Next article औषधि तथा विक्री प्रतिनिधि संघको ५० औं बार्षिकोत्सव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134107
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web