• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक साताअघि मात्रै जिम्मेवारी सम्हालेका औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको सरुवा

September 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक साताअघि मात्रै जिम्मेवारी सम्हालेका औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको सरुवा

हेल्थ टुडे,
काठमाडौ,१३ असोजः मन्त्रालयकै पत्र लिएर एक साता अघि मात्रै विभागमा हाजिर हुन पुगेका औषधि व्यवस्था विमागका महानिर्देशक नारायण ढकाललाई पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । गत शुक्रबार विभागमा पुगेको पत्रमा २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार महानिर्देशक ढकाललाई कामकाज गर्ने गरि मन्त्रालय तानिएको उल्लेख छ ।

पत्र पाएपछि ढकालले आफूलाई अनौठो नलागेको प्रतिक्रिया दिए । उनले भनेः‘अरुलाई अनौठो लाग्ला तर मलाई अनौठो लागेको छैन । पछिल्लो मितिको पत्रले हाजिर हुनु भन्छ, अघिल्लो मितिको निर्णयले सरुवा भएको भन्छ । यो सबै गोलमाल छ । मन्त्रालय गएर थप परामर्श लिन्छु ।’

गत १५ असारमा भएको समायोजन पछिको पदस्थापनमा महादिर्नेशकबाट हटाई राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख बनाएपछि ढकाल सो निर्णय विरुद्ध २५ असारमा सर्बोच्च अदालत गएका थिए । अदालतले २१ साउनमा ढकालको पक्षमा अन्तरिम आदेश दिएको थियो ।

सर्बोच्चको आदेशको कार्यान्वयन गरेको भन्दै मन्त्रालयले गत १ असोजमा महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भन्दै ढकाललाई पत्र दिएको थियो । ढकालले सोही पत्र बोकेर विभाग पुगी गत आईतबारबाट महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनको ठाँउमा दशौँ तहका पानबहादुर क्षेत्रीले निमित्त महानिर्देशकको रुपमा विभागको कामकाज सञ्चालन गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिरामीको अत्यधिक चाप बढेपछि हेटौँडा अस्पतालको सेवा नै प्रभावित
Next article नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132236
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web