• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक साताअघि मात्रै जिम्मेवारी सम्हालेका औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको सरुवा

September 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक साताअघि मात्रै जिम्मेवारी सम्हालेका औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको सरुवा

हेल्थ टुडे,
काठमाडौ,१३ असोजः मन्त्रालयकै पत्र लिएर एक साता अघि मात्रै विभागमा हाजिर हुन पुगेका औषधि व्यवस्था विमागका महानिर्देशक नारायण ढकाललाई पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । गत शुक्रबार विभागमा पुगेको पत्रमा २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार महानिर्देशक ढकाललाई कामकाज गर्ने गरि मन्त्रालय तानिएको उल्लेख छ ।

पत्र पाएपछि ढकालले आफूलाई अनौठो नलागेको प्रतिक्रिया दिए । उनले भनेः‘अरुलाई अनौठो लाग्ला तर मलाई अनौठो लागेको छैन । पछिल्लो मितिको पत्रले हाजिर हुनु भन्छ, अघिल्लो मितिको निर्णयले सरुवा भएको भन्छ । यो सबै गोलमाल छ । मन्त्रालय गएर थप परामर्श लिन्छु ।’

गत १५ असारमा भएको समायोजन पछिको पदस्थापनमा महादिर्नेशकबाट हटाई राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख बनाएपछि ढकाल सो निर्णय विरुद्ध २५ असारमा सर्बोच्च अदालत गएका थिए । अदालतले २१ साउनमा ढकालको पक्षमा अन्तरिम आदेश दिएको थियो ।

सर्बोच्चको आदेशको कार्यान्वयन गरेको भन्दै मन्त्रालयले गत १ असोजमा महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भन्दै ढकाललाई पत्र दिएको थियो । ढकालले सोही पत्र बोकेर विभाग पुगी गत आईतबारबाट महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनको ठाँउमा दशौँ तहका पानबहादुर क्षेत्रीले निमित्त महानिर्देशकको रुपमा विभागको कामकाज सञ्चालन गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग
Next article बिरामीको अत्यधिक चाप बढेपछि हेटौँडा अस्पतालको सेवा नै प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133381
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

60
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

44
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web