• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलो पटक मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस

January 8th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलो पटक मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस

हेल्थ टुडे,
काठमाडौं, २३ पुस : गिजा रोग तथा दन्त प्रत्यारोपण सम्बन्धी नेपाली दन्त चिकित्सक समाजको आयोजनामा नेपालमा पहिलो पटक राष्ट्रिय गिजा स्वास्थ्य दिवस मनाइएको छ । समाजले आफ्नो छैटौं बार्षिकोत्सवको अवसर पारेर नेपालमा पहिलो पटक राष्ट्रिय गिजा स्वास्थ्य दिवस मनाएको हो । स्वस्थ गिजा, स्वस्थ शरीर भन्ने मूल नाराका साथ सो अवसरमा बुधबार राजधानीको वीर अस्पतालबाट जनचेतनामुलक र्याली निकालिएको थियो ।
वीर अस्पतालबाट सुरु भएको र्याली रत्नपार्क, भद्रकाली हुदै पुन वीर अस्पतालमै सम्पन्न भएको थियो । र्यालीमा गिजा रोग सम्बन्धी दन्त चिकित्सकहरुको सहभागिता थियो । समाजका अध्यक्ष डा. सुरेन्द्रमान श्रेष्ठ गिजा बलियो भएमात्र दात बलियो हुने बताउदै गिजा स्वस्थ राख्नु पर्नेमा जोड दिए । समाजका संस्थापक अध्यक्ष डा. शैली प्रधानले दिवस मनाउनुको उद्देश्यमाथि प्रकाश पार्दै समयमै गिजाको उपचार नगराए भविश्यमा यसले मुख स्वास्थ्यमा ठूलो समस्या निम्त्याउने बताइन् ।
वरिष्ठ गिजारोग बिशेषज्ञ डा.रन्जिता गोर्खालीले दात सम्बन्धी रोगका बिषयमा थोरबहुत जनचेतना भएपछि गिजा सम्बन्धी जनचेतना नभएकाले यस सम्बन्धी जनचेतना बिस्तार गर्नु पर्ने आवश्यकतामा जोड दिइन । समाजका महासचिव डा. भागेश्वर धामीले समाजले गिजा सम्बन्धी जनचेतना जगाउन देशका अन्य भागमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । समाजका अनुसार अहिले देश भरि करिव ६५ जना गिजा रोग विशेषज्ञ छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदर्शन बस्नेतको अध्यक्षतामा प्राकृतिक तथा योग हस्पिटल एशोसिएसन (निहान) गठन
Next article चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईंको आरोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131649
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web