• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रमा पाँचौ कलेजो प्रत्यारोपण

January 25th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मानव अंग प्रत्यारोपण केन्द्रमा पाँचौ कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौं, ११ माघ : मानव अंग प्रत्यारोपण केन्द्र (शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ) भक्तपुरमा पाँचौ पटक कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रले सर्लाहीका ६२ बर्षिय योगेन्द्र महतोको सफल कलेजो प्रत्यारोपण गरेको हो । योगेन्द्रलाई उनका ३५ बर्षिय छोरा पंकज महतोले कलेजो दान दिएका थिए । पुष २८ गते भएको सफल कलेजो प्रत्यारोयणमा भारतको नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरका कलेजो विभाग प्रमुख डा. सुभाष गुप्ताको टोलीले सघाएको थियो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका मानव अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली र भारतबाट आएको डा.गुप्तासहितको टोलीले केन्द्रमा पाँचौ पटक कलेजो प्रत्यारोपण गरेका थिए । कलेजो प्रत्यारोपणलाई विश्वमै जटिल प्रत्यारोपण मानिन्छ । प्रत्यारोपण टोलीमा नेपालबाट डा. श्रेष्ठका अलावा डा. आरती राई, डा. निरज जोशी, डा. सञ्जय यादव, डा. जयन्त कुमार शाह, डा. निभा श्रेष्ठ, डा. अनिषा तिवारी, डा. सपना वर्मा, डा. रोषन घिमिरे, डा. कर्ण राजवंशी लगायत २५ जनाको टोली संलग्न थियो भने भारतबाट डा. गुप्ता सहित पाँच जनाको टोली संलग्न थियो । विसं २०६९ मा स्थापना भएको केन्द्रले नेपालमा पहिलो पटक २०७३ मंसिर २२ मा कलेजो प्रत्यारोपण गरेको थियो । त्यतिबेला केन्द्रलाई प्रत्यारोपणमा सघाउन दक्षिण कोरीयाली चिकित्सक टोली आएको थियो ।
नेपालमा मिर्गौला प्रत्यारोपण स्वदेशकै चिकित्सकहरुले गर्दै आइरहेको भए पनि कलेजो प्रत्यारोपणमा भने विदेशी चिकित्सकको सहयोग लिदै आएका छन् । केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण समेत गरिसकेको जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले महिनामा कम्तिमा पनि एउटा कलेजो प्रत्यारोपण गर्ने गरि तयारी भइरहेको बताए । केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म ६ सय ८० जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपण गरिएकामध्ये ९९ प्रतिसत सफल रहेको केन्द्रको दावी छ । नेपालमा हरेक वर्ष करिव एक हजार जनाको कलेजो फेल हुने गरेको विज्ञहरु बताउछन । केन्द्र बाहेक नेपालमा त्रिबि शिक्षण अस्पताल, महाराजगन्जले कलेजो प्रत्यारोपण गर्ने गरेको छ । त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ३ व्यक्तिमा कलेजो प्रत्यारोपण गरेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठ प्रभावित भन्छन्, आत्मविश्वासले भेदभाव घट्यो
Next article चिकित्सकले आफ्नो शुल्क आफै तोक्न पाउनुपर्छ : डा.पुष्पमणी खराल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web