• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

चिकित्सकले आफ्नो शुल्क आफै तोक्न पाउनुपर्छ : डा.पुष्पमणी खराल

January 25th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकले आफ्नो शुल्क आफै तोक्न पाउनुपर्छ  : डा.पुष्पमणी खराल

अहिले हामी चिकित्सकहरु चुनावमा होमिएका छौ । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि चिकित्सकहरुका मुख्य गरि दुई प्यानल चुनावी प्रतिस्पर्धामा छौ । पेसागत समावेशी प्यानलको नेतृत्व मैले गरेको छु । दुई चरणमा हुने निर्वाचन काठमाडौं बाहिर निर्वाचन सम्पन्न भइसकेको छ भने उपत्यकामा यही माघ १७ गतेदेखि २१ गतेसम्म हुनेछ । हामीहरु अहिले मत माग्नमा व्यस्त छौ । अहिले चिकित्सकहरुले थुप्रै समस्याहरुसँग जुध्नु परिरहेको छ । म बिगत २१ वर्षदेखि चिकित्सा पेसामा प्रत्यक्ष रुपमा संलग्न छु । चिकित्सकहरुको सेवा सुविधा एकदमै न्युन छ । अपवादलाई छोडेर सरकारी र निजी क्षेत्रमा संलग्न चिकित्सकहरुका समस्या उस्तै छन् । अधिकांश चिकित्सकहरुको राम्ररी परिवार पाल्न सक्ने समेत तलव सुविधा छैन । अहिले चिकित्सकहरुको सबैभन्दा ठूलो समस्या भनेको सेवा सुविधाकै सवाल हो । सेवा सुविधा नपुग भएकै कारण एउटा चिकित्सकले अर्को क्लिनिक चहार्नु परिरहेको छ । त्यसपछि अर्को समस्या सुरक्षाको हो । मेरो अनुभवमा कुनै पनि चिकित्सक विरामीको उपचारमा लापरवाही गर्न चाहदैन् ।
सबैले आफ्नो विरामीलाई निको बनाएर घर पठाऔं भन्ने चाहना राख्छ । तर अस्पताल आउने सबै विरामी निको नै भएर घर फर्कन्छन भन्ने ग्यारंटी हुदैन । कत्ति विरामीको उपचारकै क्रममा मृत्यु हुन्छ । त्यसले चिकित्सकलाई पनि भावुक बनाउछ । तर मृत्युको आरोप चिकित्सकमाथि लाग्ने गर्छ । राज्यले सरकारी अस्पतालमा उपकरण पुर्याउन सकेको छैन । आवश्यकता अनुसार स्वास्थ्यकर्मी छैनन् । तर उपचारका क्रममा विरामीलाई केही भइहाल्यो भने राज्यले गर्न नसकेको दोष समेत चिकित्सक माथि लाग्ने गरेको छ । चिकित्सकमाथि उपचारमा लापरवाही गरेको आरोप लगाइन्छ र हातपात गरिन्छ । अस्पताल तोडफोड गरिन्छ । अनि लाखौ क्षतिपूर्ति मागिन्छ । यसरी चिकित्सकको गल्ती नहुदा नहुदै पनि भिडले दोषी देखाइदिन्छ । यो अहिलेको ज्वलन्त समस्या हो । अर्को कुरा अहिले चिकित्सक र विरामीबिच जुन किसिमको सञ्चार सम्बन्ध हुनु पर्ने हो, त्यो हुन नसकेकाले पनि अलि असमझदारी बढेको हो कि जस्तो लाग्छ । उपचार गराउदा विरामी पक्षले पनि सत प्रतिसत विरामी निको हुनै पर्छ भनेर बुझ्नु हुदैन् । चिकित्सकले त आफूले सक्दो उपचार गर्ने हो । मिडियाले पनि कहिलेकाही कुरै नबुझी विरामी पक्षका कुरामात्र सुनेर एक पक्षिय ढंगले सूचना सम्प्रेषण गरिदिदा चिकित्सक झन समस्यामा पर्ने गरेका छन् । अहिले चिकित्सा शिक्षामा उच्च शिक्षा (एमडी, एमएस) पढ्न चाहने एमबिबिएस उर्तीण चिकत्सकका लागि एकदमै न्यून सिट छन् । एमबिबिएस सकेका एक तिहाई जतिले मात्र स्वदेशमा एमडी र एमएस गर्न पाइरहेका छन ।
त्रिवि शिक्षण अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पताल ( न्याम्स ) जस्ता सरकारी शिक्षण संस्थाहरुमा उच्च शिक्षाका सिट बढाउन सकिन्छ । तर त्यो हुन सकेको छैन । चिकित्सकहरुले अहिले लिने सेवा शुल्क एकदमै न्युन छ । चिकित्सकले आफूले दिने सेवाको शुल्क आफै तोक्न पाउनुपर्छ । सरकारले शुल्क तोक्न मिल्दैन । निजी अस्पताल र चिकित्सकलाई गाली गरेर देशको स्वास्थ्य सेवा राम्रो हुदैन । सरकारले सरकारी अस्पतालको सेवा सुविधामा सुधार ल्याउनु पर्छ । चिकित्सकहरुले रोग पहिचान गर्ने बेला अनावश्यक ल्याव टेष्ट गर्छन भन्ने आरोप लाग्ने गरेको छ अहिले । यो आरोप सत्य होइन । पहिले सुविधा थिएन । नयाँ प्रविधि थिएन । त्यो भएर धेरै ल्याव टेष्टको सट्टा अन्दाजका भरमा र अनभुवका भरमा पनि कुनै कुनै रोगको उपचार गरिन्थ्यो होला । तर अहिले त्यसो छैन । सुविधा भएपछि रोग पत्ता लगाउन सकिन्छ । ल्याव टेष्ट गर्ने बेला अलि शुल्क बढी लागे पनि कालान्तरमा यसले विरामीलाई नै फाइदा गर्छ । देशका सबै वर्ग, समूह र अवस्थाका विरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनका लागि सरकारले सबै नागरिकको अनिवार्य स्वास्थ्य विमाको व्यवस्था गर्नु पर्छ । सक्नेले आफै प्रिमियम तिर्नु पर्छ । नसक्नेको राज्यले तिरिदिनु पर्छ । स्वास्थ्य विमालाई सरकारले महत्व दिनु पर्छ । नेपाल चिकित्सक संघको नेतृत्वले यी काम गर्नु पर्छ । मेरो उम्मेदवारी चिकित्सकहरुका यिनै माग पुरा गर्नका लागि हो ।
(पेसागत समावेशी प्यानलबाट नेपाल चिकित्सक संघको अध्यक्षका प्रत्यासी डा.पुष्पमणी खरालसँग हेल्थ टुडेले गरेको कुराकानीमा आधारित । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वरिष्ठ दन्तरोग विशेषज्ञ डा. पन्तको निधन
Next article मानव अंग प्रत्यारोपण केन्द्रमा पाँचौ कलेजो प्रत्यारोपण

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133976
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

131
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

130
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web