• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयले मेडिकल उपकरण खरिद गर्दा प्रतिस्पर्धामा होइन, मिलेमतोमा महँगो र गुणस्तरहिन : रसायन तथा मेडिकल आपूर्ति संघ

March 29th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयले मेडिकल उपकरण खरिद गर्दा प्रतिस्पर्धामा होइन, मिलेमतोमा महँगो र गुणस्तरहिन : रसायन तथा  मेडिकल आपूर्ति संघ

हेल्थ टुडे,
काठमाडौं, १६ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नियन्त्रण र उपचारका लागि स्वास्थ्य सम्बन्धी सामाग्री खरिद गर्दा आफू निकटका निश्चित व्यवसायीसँग मात्र प्रचलित बजार मूल्य भन्दा अधिक मुल्यमा चीनबाट सामान किनेको रसाउन तथा आयात गर्ने व्यवसायीहरुको संगठन (केमसान) ले दाबी गरेको छ ।
स्वास्थ्य सामग्री खरिद गर्दा व्यापक अनियमितता भएको तथ्य बाहिर आएपछि रसायन तथा मेडिकल आपूर्ती संघ (केमसान) ले विज्ञप्ती निकालेर कोरोना संक्रमणपछि स्वास्थ्य सम्बन्धी सामान खरिद गर्न शुरु गरेकै टेन्डर प्रक्रियाबारे समेत स्वास्थ्य मन्त्रालयका अधिकारीले एकपछि अर्को झुठो बोलेको दाबी गरेको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले आइतबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार भेटघाटमा प्रारम्भमा टेन्डर आव्हान गर्दा टेन्डर नपरेपछि व्यवसायीहरुसँग छलफल गरेर केही महंगोमा सहमतीमा स्वास्थ्य सामग्री किनेको दाबी गरेका थिए । उनले भने, ‘ सुरुमा टेन्डर गरिएको थियो । कोही व्यवसायी पनि ल्याउन सक्ने अवस्था देखिएनन । सवै सप्लाएरलाई बोलाएर कसले कति दिन सक्छ ? भनेका हौ । ५ । ६ जनाले सामान छ भन्नुभयो । अन्तिम समयमा दिइएको समयमा दुईजनाको मात्रै टेन्डर आयो। ’
स्वास्थ्य मन्त्रालयको यो दाबी झुठो भएको केमसाने उल्लेख गर्दै २०७६ माघ २५ को मा स्वास्थ्य सेवा विभागबाट माग भए बमोजिम १९ जना व्यवसायीहरुले आवश्यक सामाग्रीको सिल्ड कोटेशन बुझाएको उल्लेख गरेको छ ।
त्यसपछि व्यवस्थापन महाशाखा स्वास्थ्य सेवा विभागबाट केमसानको रोहवरमा पटकपटक छलफल भई आवश्यकता र आपूर्ति समय अनुसार खरिद आदेश जारी गर्ने निर्णय भएकोमा अहिलेसम्म सो कार्यान्वयन नभएको विज्ञप्तीमा उल्लेख छ ।
केमसानका अनुसार स्वास्थ्य सेवा विभागले खरिद प्रक्रियामा संलग्न व्यवसायीहरुलाई पुन : कोटेशन सहित स्वास्थ्य मन्त्रालयमा बोलाएर सम्झौताका लागि पुन बोलाउने आश्वासनको बेवास्ता गरी निश्चित व्यवसायीसँग मात्र प्रचलित बजार मूल्य भन्दा अधिक दररेटमा स्रोत नखुलेका र गुणस्तरको बेवास्ता गरी खरिद गरिएका सामानको नतिजा के हुने भन्दै उसले प्रश्न गरेको छ ।
केमसानका अध्यक्ष सुरेश घिमिरेले जारी गरेको विज्ञप्तीमा पिसिआर किट बनाउने आधा दर्जन बढी कम्पनिले युएएफडिए सर्टिफिकेसन पाइसकेको अवस्थामा गुणस्तरको बेवास्ता गरी खरिद गरिएको सामान तथा किटहरुबाट स्पेनको जस्तो नियत भोग्न नपरोस् भनेको छ । स्पेनले हालै चीनबाट खरिद गरेको एक लाख कोरोना परिक्षण किट गुणस्तर अनुसार नभएको भन्दै फिर्ता पठाएको थियो । कोरोना भाइरसको रोकथाम र उपचारका लागि स्वास्थ्य मन्त्रालयले ल्याएको करिव एक अर्ब २४ करोड बराबरको स्वास्थ्य सामग्रीको वास्तविक मूल्य भन्दा बढी मूल्यमा मिलेमतोमा किनिएको भन्दै चीनमा रहेका केही व्यापारीहरुले ती सामग्रीको वास्तविक मूल्य र सरकारले किनेको मूल्यको सूचि सहित समाजिक सञ्जालमा तथ्य सार्वजनिक भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्भिक हस्पिटलका अध्यक्ष बसन्त चौधरीले गरे कोरोना कोषलाई १ करोड दिने घोषणा
Next article दबाबपछि विना प्रतिस्पर्धा महंगोमा स्वास्थ्य सामग्री किन्ने सवा अर्बको सम्झौता रद्द गर्न स्वास्थ्य मन्त्रालय बाध्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web