• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु, सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको निधन

May 16th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु, सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको  निधन

हेल्थ टुडे,

काठमाडौं, ३ जेठ: नेपालमा पहिलो पटक कोरोना भाइरस ( कोभिड १९ ) का कारण एक जना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक अनुसन्धान पछि पुष्टि गरेको हो ।
ती महिलाको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो । बैसाख २३ गते भर्ना भएकी ती महिलाले २४ गते बच्चा जन्माएकी र २५ गते नवजात शिशु लगेर डिस्चार्ज भएर घर फर्किएकी थिइन ।
तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउदा पनि निको नभएपछि उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बिहीबार राती बाटैमा उनको निधन भएको पाइएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थाहा पाएपछि अस्पतालले उनको पीसीआर विधिबाट कोरोना परीक्षण गरेपछि रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । धुलिखेल अस्पतालले रिपोर्टका बिषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएपछि नमुना पुन परीक्षण गर्न टेकुको जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । टेकुले पनि पोजेटिभ नै भएको प्रष्ट पारेपछि कोरोना कै कारण मृत्यु भएको भन्ने अवस्थामा मन्त्रालय पुगेको हो । मृत्युको खवर बाहिरिए पछि मन्त्रालयका कोभिड १९ कमाण्डर डा. गुणराज लोहनी र प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिह धुलिखेल अस्पताल पुगेका थिए । त्यहाँ उनीहरुले सबैकुराको जानकारी लिएका थिए ।
डा. लोहनी र डा. सिंहको टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै कोभिड १९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको जनाएको छ । माघ ९ गते पहिलो पटक कोरोना भाइरस देखिएको नेपालमा अहिलेसम्म संक्रमितको संख्या २८१ पुगेको छ । ती मध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना संक्रमित सुत्केरीको मृत्युले उब्जाएको प्रश्न
Next article सूर्तीजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउन सरकारको ध्यानाकर्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134381
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web