• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु, सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको निधन

May 16th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु, सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको  निधन

हेल्थ टुडे,

काठमाडौं, ३ जेठ: नेपालमा पहिलो पटक कोरोना भाइरस ( कोभिड १९ ) का कारण एक जना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक अनुसन्धान पछि पुष्टि गरेको हो ।
ती महिलाको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो । बैसाख २३ गते भर्ना भएकी ती महिलाले २४ गते बच्चा जन्माएकी र २५ गते नवजात शिशु लगेर डिस्चार्ज भएर घर फर्किएकी थिइन ।
तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउदा पनि निको नभएपछि उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बिहीबार राती बाटैमा उनको निधन भएको पाइएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थाहा पाएपछि अस्पतालले उनको पीसीआर विधिबाट कोरोना परीक्षण गरेपछि रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । धुलिखेल अस्पतालले रिपोर्टका बिषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएपछि नमुना पुन परीक्षण गर्न टेकुको जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । टेकुले पनि पोजेटिभ नै भएको प्रष्ट पारेपछि कोरोना कै कारण मृत्यु भएको भन्ने अवस्थामा मन्त्रालय पुगेको हो । मृत्युको खवर बाहिरिए पछि मन्त्रालयका कोभिड १९ कमाण्डर डा. गुणराज लोहनी र प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिह धुलिखेल अस्पताल पुगेका थिए । त्यहाँ उनीहरुले सबैकुराको जानकारी लिएका थिए ।
डा. लोहनी र डा. सिंहको टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै कोभिड १९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको जनाएको छ । माघ ९ गते पहिलो पटक कोरोना भाइरस देखिएको नेपालमा अहिलेसम्म संक्रमितको संख्या २८१ पुगेको छ । ती मध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सूर्तीजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउन सरकारको ध्यानाकर्षण
Next article कोरोना संक्रमित सुत्केरीको मृत्युले उब्जाएको प्रश्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web