• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघले सुरु गर्यो स्वास्थ्यकर्मीका लागि कोरोना केन्द्रित अनलाइन तालिम

June 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघले सुरु गर्यो स्वास्थ्यकर्मीका लागि कोरोना केन्द्रित अनलाइन तालिम

हेल्थ टुडे,

काठमाडौं, २१ जेठ  :  नेपाल चिकित्सक संघले बुधबारदेखि स्वास्थ्यकर्मीका लागि अनलाइन तालिम सञ्चालन गरेको छ । अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानी र स्वास्थ्यका अन्य विविद् बिषयमा अनलाइन मार्फत विज्ञ चिकित्सकहरुले तालिम दिन सुरु गरेका छन । पाँच दिनसम्म चल्ने यो तालिम नेपाल चिकित्सक संघको फेसबुक पेजबाट हरेक दिन दिउसो २ देखि ५ बजेसम्म फाइभ हुने छ । संघको कार्यालयमा बुधबार भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र  अमेरिका–नेपाल मेडिकल फाउन्डेसन, नेपालका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो तालिमका लागि फाउण्डेसनले संघलाई साडे सात लाख रुपैया उपलब्ध गराएको छ । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष डा. कार्कीले स्वास्थ्यकर्मी पनि कोरोनाको चपेटामा परिरहेको अवस्थामा यसबाट आफु बच्न र अरुलाई बचाउने उपायका बिषयमा तालिम उपलब्धीमूलक हुने विश्वास व्यक्ति गरे । चिकित्सक संघको काम आन्दोलन गर्नु मात्र नभएको बताउदै डा. कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको व्यवसायिक ज्ञानको दायरा पनि फराकिलो बनाउनु आवश्यक रहेकोले तालिम आयोजना गरिएको बताए । संघका महासचिव डा. बद्री रिजालले अहिलेको परिस्थितिमा सबै ठाउँमा गएर तालिम दिन सम्भव नभएकाले अनलाइनमार्फत तालिम दिएर भए पनि स्वास्थ्यकर्मीमा हुने संक्रमणलाई जोगाउन तालिम दिन लागिएको बताए ।

विशेष गरी कोभिडका संक्रमित व्यक्तिबाट कसरी बच्ने, पिपिईको प्रयोग कसरी गर्ने, भेन्टिलेटर वा आइसियुमा रहेका बिरामीबाट अन्य मानिसमा संक्रमण फैलन नदिन कस्ता काम गर्ने जस्ता विषयवस्तुमा समावेश गरिएको डा. रिजालले जानकारी दिए । फाउन्डेसनका अध्यक्ष डा. भूपेन्द्र बस्नेतले फाउन्डेसनले बिगतमा त्रिवि शिक्षण अस्पतालमा करिव एक करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेको स्मरण गर्दै चिकित्सक संघसँग भविश्यमा पनि सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष डा. चोपलाल भुसाल, डा. अन्जनी झा, डा. मनिन्द्र रन्जन बराल, डा. रमेशकान्त अधिकारी सहित बरिष्ठ चिकित्सक उपस्थित थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article Health Insurance
Next article कोरोना रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म १० अर्ब खर्च

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132568
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web