• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघले सुरु गर्यो स्वास्थ्यकर्मीका लागि कोरोना केन्द्रित अनलाइन तालिम

June 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघले सुरु गर्यो स्वास्थ्यकर्मीका लागि कोरोना केन्द्रित अनलाइन तालिम

हेल्थ टुडे,

काठमाडौं, २१ जेठ  :  नेपाल चिकित्सक संघले बुधबारदेखि स्वास्थ्यकर्मीका लागि अनलाइन तालिम सञ्चालन गरेको छ । अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानी र स्वास्थ्यका अन्य विविद् बिषयमा अनलाइन मार्फत विज्ञ चिकित्सकहरुले तालिम दिन सुरु गरेका छन । पाँच दिनसम्म चल्ने यो तालिम नेपाल चिकित्सक संघको फेसबुक पेजबाट हरेक दिन दिउसो २ देखि ५ बजेसम्म फाइभ हुने छ । संघको कार्यालयमा बुधबार भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र  अमेरिका–नेपाल मेडिकल फाउन्डेसन, नेपालका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो तालिमका लागि फाउण्डेसनले संघलाई साडे सात लाख रुपैया उपलब्ध गराएको छ । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष डा. कार्कीले स्वास्थ्यकर्मी पनि कोरोनाको चपेटामा परिरहेको अवस्थामा यसबाट आफु बच्न र अरुलाई बचाउने उपायका बिषयमा तालिम उपलब्धीमूलक हुने विश्वास व्यक्ति गरे । चिकित्सक संघको काम आन्दोलन गर्नु मात्र नभएको बताउदै डा. कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको व्यवसायिक ज्ञानको दायरा पनि फराकिलो बनाउनु आवश्यक रहेकोले तालिम आयोजना गरिएको बताए । संघका महासचिव डा. बद्री रिजालले अहिलेको परिस्थितिमा सबै ठाउँमा गएर तालिम दिन सम्भव नभएकाले अनलाइनमार्फत तालिम दिएर भए पनि स्वास्थ्यकर्मीमा हुने संक्रमणलाई जोगाउन तालिम दिन लागिएको बताए ।

विशेष गरी कोभिडका संक्रमित व्यक्तिबाट कसरी बच्ने, पिपिईको प्रयोग कसरी गर्ने, भेन्टिलेटर वा आइसियुमा रहेका बिरामीबाट अन्य मानिसमा संक्रमण फैलन नदिन कस्ता काम गर्ने जस्ता विषयवस्तुमा समावेश गरिएको डा. रिजालले जानकारी दिए । फाउन्डेसनका अध्यक्ष डा. भूपेन्द्र बस्नेतले फाउन्डेसनले बिगतमा त्रिवि शिक्षण अस्पतालमा करिव एक करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेको स्मरण गर्दै चिकित्सक संघसँग भविश्यमा पनि सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष डा. चोपलाल भुसाल, डा. अन्जनी झा, डा. मनिन्द्र रन्जन बराल, डा. रमेशकान्त अधिकारी सहित बरिष्ठ चिकित्सक उपस्थित थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article Health Insurance
Next article कोरोना रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म १० अर्ब खर्च

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web