• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पूर्व स्वास्थ्य सचिव डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षको जिम्मेवारी

August 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूर्व स्वास्थ्य सचिव डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षको जिम्मेवारी

 

हेल्थ टुडे

काठमाडौं, २० साउन  : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्ष हुन्छ ।

डा. उप्रेतिले ३ बर्ष पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवबाट अवकास पाएका थिए । हेल्थ पोष्टको हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवा प्रवेश गरेका डा. उप्रेती पछि चिकित्सक हुदै जिल्ला, अञ्चल, क्षेत्रिय निर्देशनालय, महासाखा हुदै स्वास्थ्य सेवा विभागको महानिर्देशक समेतको अनुभव छ । ३६ वर्ष भन्दा बढी समय नेपालको स्वास्थ्य सेवामा बिताएका डा. उप्रेतीको अनुभव र कार्यकुशलताले नेपालको स्वास्थ्य बिमाले गति लिने विश्वास विज्ञहरुले व्यक्त गरेका छन् ।

यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा.उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो । बोर्डको कार्यकारी निर्देशक रमेश पोखेरेलले दिएको राजिनामा पनि सरकारले स्विकृत गरिसकेको छ । अहिले सो पदमा केही समय काम चलाउनका लागि राधिका थपलियालाई जिम्मा दिएको छ । बिमा बोर्ड स्वायत्त हुने ऐनमा व्यवस्था गरिएको भए पनि कर्मचारीको पदपूर्ति देखिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनावश्यक हस्तक्षेप भएकाले काम गर्न वातावरण नभएको भन्दै अध्यक्ष र कार्यकारी  निर्देशक दुबैले दुई वर्षे कार्यकाल छदै गत महिना राजिनामा दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भारतका गृहमन्त्री अमित शाहलाई पनि कोरोना
Next article स्वास्थ्य बीमामा पुरूषको भन्दा महिलाको आकर्षण बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131803
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web