• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

किन हुन्छ बच्चा भक्भके ?

January 13th, 2021 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन हुन्छ बच्चा भक्भके ?

सुस्मिता श्रेष्ठ,

अड्किएर बोल्ने वा धाराप्रवाहमा बोल्न नसक्ने समस्या हाम्रो समाजमा बच्चा र वयस्कहरुमा पाइन्छ । साधारण बोली भाषाको विकास भएतापनि कुनै बच्चामा अड्किएर बोल्ने समस्या हुन सक्दछ । यस्तो समस्या २ बर्ष देखि ५ बर्ष सम्मका बच्चामा देखिने सम्भावना बढी हुन्छ । बोलीको समस्याहरु मध्ये भक्भकाउने पनि एउटा समस्या हो जुन धेरै जसो बच्चामा  बोली भाषा बिकासको क्रममा देखिन्छ । बोली भाषा विकास हुने समयमा बच्चा धेरै बोल्ने कोसिस गर्दछ तर उसमा प्रर्याप्त मात्रामा शब्दावलीको विकास भएको हुदैन र ऊ बोल्दा अक्मकाउन थाल्छ । खास गरेर यस्तो  समस्या  आफ्ना बच्चाहरुबाट चाहिएको भन्दा धेरै अपेक्षा गर्ने अभिभावकहरुको बच्चामा देखिने गर्दछ । यसै गरी परिबारमा अरु कसैमा भक्भकाउने समस्या देखिएको छ भने वंशाणुगत गुणको कारणले  पनि हुन सक्दछ । अर्को कारण भक्भके समस्या भएको मान्छेको बोली नक्कल गर्दा वा जिस्काउँदा पनि यो समस्या हुन सक्दछ । घरमा कोही छिटो बोल्ने गर्छ भने बच्चाले त्यस्तो बोलीलाई नक्कल गर्ने क्रममा पनि भकभकाउने समस्याको सृजना हुन सक्छ । यसरी विभिन्न कारणहरुबाट भक्भकाउने समस्याको सुरुवात हुन थाल्दछ र कतैबाट यसको समाधान नभएपछि उसको बोलीको समस्या दिनानुदिन बढ्दै जान्छ ।

यस्तो समस्या भएका बच्चाहरु बोल्दा शब्द,अक्षर वा वाक्यांश दोहोर्याएर भन्ने ,शब्दको अघिल्लो अक्षरलाई लम्ब्याएर भन्ने वा रोकी रोकी भन्ने गर्दछन् ।फलस्वरुप हामीले बोली सुन्दा बोलीमा धारा प्रवाहको कमी भएको  महसुस गर्दछौँ । भकभकाईको स्तर निम्न अनुसार वर्गिकरण गरिन्छ ।

(क)        सामान्य

(ख)        मध्यम

(ग)          तीव्र स्तर

सामान्य स्तरको भकभकाईमा बच्चाले अक्षर वा शब्द बोल्दा दोह¥याउने गर्दछ अथवा शब्दको पहिलो अक्षरलाई लम्ब्याएर बोल्ने गर्दछ । यो अवस्थामा रहंदासम्म संचार प्रकृयामा खासै असर गरेको हूंदै तर बच्चा सचेत भने भएको हून्छ । अतः सोही समस्यामा सूधार ल्याउन बच्चालाई स्पीच थेरापी दिइनु पर्छ । यस अवस्थामा दिइएको स्पीच थेरापीले धेरै राम्रो नतिजा दिन्छ र बच्चाले सामान्य रुपमा बोल्न थाल्छ । फलतः उसमा भकभकेपनको समस्या हून पाउंदैन ।

मध्यम स्तरको भक्भकाईमा थप जटिलता देखा पर्न थाल्छ । उसले बोल्दा शब्दको पहिलो अक्षरलाई लम्ब्याएर बोल्नू र वाक्यांशलाई दोह¥याएर बोल्नूको अलावा बोल्दा चाहिने मात्रामा भन्दा बढी सास फाल्ने जस्ता समस्या देखिन  थाल्छ । यस समस्याको बारेमा बच्चा जानकार हून्छ जसले गर्दा उसको मानसिकतामा असर गर्दछ । यसको साथै ऊ यस समस्या समाधानको खोजीमा रहेको हुन्छ । अतः यस अवस्था रहनु अगावै स्पीच थेरापी दिइएमा समस्या समाधान सहज रुपमा हून जान्छ ।

तीव्रस्तरको भकभकाउने समस्या यस अघिका २ चरणको समस्या भन्दा जटिल हुन्छ । यो स्तरसम्म पूग्दा बच्चाले बोल्न नै हिचकिचाहट महसुश  गर्दछ । ऊ सकेसम्म कसैको अगाडी बोल्न नै नपरोस भन्ने चाहन्छ । अर्को शब्दमा भन्ने हो भने ऊ बोल्ने अवस्था आउने बातावरणबाट भाग्ने कोशीस  गर्दछ । यसको मतलब ऊ समाजबाट अलग्गिन थाल्छ । ऊ आप्mना निकट ब्यक्ति बाहेक अन्य ब्यक्तिसंग कूराकानी गर्न हिचकिचाउने गर्दछ । उसमा हिनता बोध हून जान्छ साथै ऊ चिन्तित पनि हुन थाल्छ । उसले बोल्दा अनायास नै कुम हल्लाउने, हात खूट्टा चलाई राख्ने, आ¤खा झिमझिम गर्ने, विभिन्न प्रकारका असाधारण आवाज निकाल्ने जस्ता थप समस्याहरु क्रमशः देखिन थाल्दछन् । आफुले बोल्न चाहेको कुरा बोल्न सक्दैनन् । आप्mनो भावना स्पष्ट पुर्वक प्रकट गर्न सक्दैनन् । यस्तो अवस्थाले उसको जीवनमा धेरै नकारात्मक असर पर्न जान्छ । समग्रमा उसको मानसिक बिकासमा प्रत्यक्ष रुपमा प्रतिकुल असर पर्न शुरु हून्छ ।

समाधानः

भकभकाउने समस्या बच्चाहरुमा मात्र नभएर बयस्कहरुमा पनि देखा पर्दछ । तर यो लेख बच्चाहरुको भकभकाउने समस्या माथि केन्द्रित रहेको छ । बाल्यावस्थामा नै यस समस्याको समाधान भएमा बयस्कको स्थितिसम्म आईपुग्नुनै नपर्ने भएको हूनाले बाल्यावस्थामा नै यो समस्याको सामाधान गर्नु आवश्यक एवं उचित हून्छ ।

भकभकाउने समस्याको समाधान गर्ने सम्बन्धमा सर्वप्रथम बच्चा अहिले कुन स्थितिमा छ अर्थात् उसको समस्या कून चरणमा रहेको छ सो पत्ता लगाउनु  पर्दछ र सोही स्तर अनुसारको उपचार गर्नु पर्दछ । कुनै बच्चा बोली भाषाको विकासक्रमको अवस्थामा नै अकमकाउन थाल्दछ अर्थात् बोली  भाषा विकासको शूरुवाती अवस्थामा नै उसमा समस्या शुरु हून थाल्छ । यो अवस्थामा बच्चा आप्mनो कमजोरी वारे सचेत नहुन पनि सक्छ ।  यस्तो स्थितिमा उसलाई उसको कमजोरी औंल्याई दिनुभन्दा पनि समाधानको लागि अन्य बिकल्पमा विशेषज्ञको सहयोग लिनु निकै लाभदायक हुन्छ । बोली भाषा विशेषज्ञको उचित परामर्शमा यो समस्या स्तर अनुसार ३ देखि ६ महिनासम्ममा समाधान हुनसक्छ । हामीले मनन गर्नुपर्ने कुरा तीव्र स्तरको स्थितिसम्म पुग्नु अगावै आवश्यक समाधानको उपाय अपनाउनु राम्रो हून्छ । तिव्र स्तरको भकभकाउने समस्याबाट पार पाउन बढी मेहनत र समयको जरुरत पर्न जान्छ । अझ कुनै स्थितिमा स्पीच थेरापीको अलावा मनोवज्ञानिक विशेषज्ञको साथै परिवारका सदस्यहरmको सहयोग समेत लिनुपर्ने हुन सक्छ । कुनै कुनै अवस्थामा थेरापीको साथसाथै केही औषधिको प्रयोग पनि गर्नुपर्ने हुन सक्छ । अतः कुनैपनि बच्चाको भकभकाउने समस्याको शूरुवाती चरणमा नै सम्बन्धित स्पीच थेरापी विशेषज्ञको परामर्श लिइएमा यो समस्या जटिल हुनु अगाबै निर्मूल पार्न सकिन्छ । बिगत केही वर्षदेखि नेपालका केही ठूला अस्पतालहरुमा विशेषज्ञ सेवा उपलब्ध हन थालेको हुनाले अभिभावकहरुले समस्या जटिल हुनु पूर्व नै आवश्यक परामर्श लिनु उचित हून्छ ।

( श्रेष्ठ, अडियोलोजिष्ट एण्ड स्पीच ल्याङ्वेज प्याथोलोजिष्ट महाराजगंज मेडिकल क्याम्पसकी उप प्राध्यापक हुन )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कहिले आउँछ नेपालमा कोभिड–१९ विरुद्धको खोप ?
Next article परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132542
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web