• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

January 14th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

हेल्थ टुडे,

काठमाडौं, माघ १ : राजधानीको मीनभवन स्थित प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउदै आइरहेको सुस्वास्थ्य हस्पिटलले सफलताका साथ पाँच वर्ष पूरा गरि माघ १ गतेदेखि छैटौं वर्षमा प्रवेश गरेको छ । नेपालमै उत्कृष्ठ प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने अस्पताल बनाउने लक्ष्यका साथ वरिष्ठ अक्कुपँचरिष्ट सुदर्शन बस्नेतले पाँच वर्ष पहिले सुस्वास्थ्य हस्पिटल स्थापना गरेका थिए । औषधिविहीन उपचारपद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी विरामीको उपचार गर्ने र निरोगीलाई रोग लाग्न नदिने अवस्थामा राख्ने उद्देश्यसहित २०७२ साल माघ १ गतेदेखि अस्पतालले सेवा सुरु गरेको थियो ।

स्थापना कालदेखि अस्पतालले नसा तथा हाडजोर्नीका रोगीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको छ । सुस्वास्थ्यले पाँच वर्षको अवधिमा १० हजारभन्दा बढी बिरामीको सफल उपचार गरिसकेको अस्पतालको अध्यक्ष समेत रहेका वरिष्ठ अक्कुपँचरिष्ट सुदर्शन बस्नेतले जानकारी दिए । अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । उनका अनुसार नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको छ । सुस्वास्थ्यले उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको छ । त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको छ । अस्पतालले सञ्चारमाध्यम, कलेज, स्कुल, बैँक तथा वित्तीय संस्था र विभिन्न कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको छ । अस्पतालले देशका विभिन्न १० स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमार्फत पाँच हजारभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा पाएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

सुस्वास्थ्य हस्पिटल त्रिपुरेश्वरबाट २०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रलाई विस्तारित रुप हो । आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने
Next article धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132533
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web