• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

January 14th, 2021 समाचार 1 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

हेल्थ टुडे,

काठमाडौं, माघ १ : राजधानीको मीनभवन स्थित प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउदै आइरहेको सुस्वास्थ्य हस्पिटलले सफलताका साथ पाँच वर्ष पूरा गरि माघ १ गतेदेखि छैटौं वर्षमा प्रवेश गरेको छ । नेपालमै उत्कृष्ठ प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने अस्पताल बनाउने लक्ष्यका साथ वरिष्ठ अक्कुपँचरिष्ट सुदर्शन बस्नेतले पाँच वर्ष पहिले सुस्वास्थ्य हस्पिटल स्थापना गरेका थिए । औषधिविहीन उपचारपद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी विरामीको उपचार गर्ने र निरोगीलाई रोग लाग्न नदिने अवस्थामा राख्ने उद्देश्यसहित २०७२ साल माघ १ गतेदेखि अस्पतालले सेवा सुरु गरेको थियो ।

स्थापना कालदेखि अस्पतालले नसा तथा हाडजोर्नीका रोगीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको छ । सुस्वास्थ्यले पाँच वर्षको अवधिमा १० हजारभन्दा बढी बिरामीको सफल उपचार गरिसकेको अस्पतालको अध्यक्ष समेत रहेका वरिष्ठ अक्कुपँचरिष्ट सुदर्शन बस्नेतले जानकारी दिए । अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । उनका अनुसार नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको छ । सुस्वास्थ्यले उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको छ । त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको छ । अस्पतालले सञ्चारमाध्यम, कलेज, स्कुल, बैँक तथा वित्तीय संस्था र विभिन्न कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको छ । अस्पतालले देशका विभिन्न १० स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमार्फत पाँच हजारभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा पाएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

सुस्वास्थ्य हस्पिटल त्रिपुरेश्वरबाट २०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रलाई विस्तारित रुप हो । आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने
Next article धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Jerihiesy
Jerihiesy
8 months ago

https://newfasttadalafil.com/ – Cialis Xnlkdn Cheap Drugs can i buy cialis online Zozdkj https://newfasttadalafil.com/ – buy cialis without prescription Lultxp In this rhythm the atria and ventricles contract independently of each other.

0
Reply

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1842
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

14
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz